• पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

    काठमाडौँ, १४ वैशाख

    हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

    त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

    गरूडा (रौतहट) १३ वैशाख

    जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आज अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।

    उहाँहरुलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो । सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।

    गत सोमबारदेखि जारी बहसमा आजसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा विसं २०७६ कात्तिक १८ गते पूर्व सांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।
    विसं २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा भएको बम विस्फोट भएको थियो ।

    फिचर
    २०८१ बैशाख १४, शुक्रबार ०७:०४ गते

    नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश

    काठमाडौँ, १३ वैशाख सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी…
    फिचर
    २०८१ बैशाख १४, शुक्रबार ०६:४७ गते

    पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

    काठमाडौँ, १४ वैशाख हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल…
    फिचर
    २०८१ बैशाख ९, आईतवार ०६:४१ गते

    कुम्भमेलामा १० दिनमा दुई लाख सहभागी

    धरान (सुनसरी), ८ वैशाख सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ…
    अर्थ
    २०८१ बैशाख ८, शनिबार ०६:४२ गते

    बैंकहरूको नाफा घट्यो

    काठमाण्डौ बैशाख ७ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ ।…
    main text 2
    २०८१ बैशाख ७, शुक्रबार ०६:४२ गते

    नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    पोखरा, ६ वैशाख पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ ।…
    गण्डकी
    २०८१ बैशाख ५, बुधबार १६:०४ गते

    तनहुँमा ढुङ्गाका आकृतिले तान्दै पर्यटक

    दमौली (रासस ), ५ वैशाख नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button