वैशाख १७ देखि सामुदायिक विद्यालय सञ्चालन गर्न पोखरा महानगरको निर्देशन, विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन नदिन आग्रह

पोखरा/

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयलाई वैशाख १७ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । नेपाल शिक्षक महासंघको आन्दोलनले सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो ।

महानगरपालिकाको शिक्षा महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्बन्धित सबै सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दै नियमित पठनपाठन सञ्चालनमा सक्रिय भूमिका निभाउन अनुरोध गरिन्छ ।’

शिक्षक आन्दोलनले विद्यालयमा पढाइ अवरुद्ध हुँदा विद्यार्थीको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भएकाले महानगरले पठनपाठनलाई नियमित बनाउने निर्णय लिएको जनाएको छ ।

नेपाल शिक्षक महासंघको अगुवाइमा गत चैत २० गतेदेखि भइरहेको शिक्षक आन्दोलनले देशभरका विद्यालयहरुमा असर परेको छ । आन्दोलनका कारण विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ। आन्दोलनमा सहभागी शिक्षकहरु विद्यालयमा उपस्थित नहुँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button