• कोरोना सङ्क्रमणदर बढ्यो

    बैतडी, १० चैत (रासस) : भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ ।

    केही महिना सङ्क्रमण शून्य रहेको भए पनि हाल दिनहुँजसो सङ्क्रमित देखिरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । निर्देशनालयको तथ्याङ्कअनुसार चैत सुरु भएयता मात्रै यहाँ २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

    भारतका विभिन्न सहरमा कोरोना सङ्क्रमण देखिएकाले त्यसको प्रभाव यहाँ पनि परेको जोशीको भनाइ छ । उहाँले भन्नुभयो, “भारतका विभिन्न सहरमा कोरोना फैलिएको भन्नेछ, त्यसको प्रभाव यहाँ पनि पर्न थालेको हो । सङ्क्रमित पुष्टि हुने सबै भारतबाट फर्किएका रहेका छन् ।”

    भारतसँग जोडिएका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकामा नियमित रुपमा कोरोना परीक्षण जारी रहेको निर्देशनालयले जनाएको छ । नयाँ वर्ष नजिक आइरहेका बेला यहाँका नाकामा भारतबाट स्वदेश फर्किनेको सङ्ख्या पनि बढ्दै गएको छ । नयाँ वर्ष तथा बिशु पर्व मनाउन गाउँ फर्किनेको सङ्ख्या बढेकाले सङ्क्रमणदर पनि वृद्धि भएको जोशीले बताउनुभयो ।

    भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सतर्कता अपनाउन आवश्यक रहेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ । उहाँले भन्नुभयो, “सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, सङ्क्रमण देखिनेलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसन बस्न भन्ने गरेका छौँ । यसले जोखिम कम गर्न सकिन्छ ।”

    साथै कोभिड–१९ सम्पर्क व्यक्ति जोशीका अनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई निरन्तरता दिइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल ५५ वर्षमाथिकालाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन थालिएको जोशीको भनाइ छ ।

    सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ लाख ४२ हजार तीन सय ६४ जनाको कोरोना परीक्षण गरिएकामा ६१ हजार नौ सय आठजनामा सङ्क्रमण भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा छ सय ३५ जनाको ज्यान गइसकेको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना सङ्क्रमण बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ ।

  • सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारी तिव्र

    १० चैत्र पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा छलफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

    मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सरुमा चुलो सभागृहचोकमा भएको छलफल बैठकमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद लामिछाने, पूर्व अध्यक्ष केशव पाठक, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, पूर्व सल्लाहकार सन्देश श्रेष्ठ, वर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, सदस्य राजु गिरी, सुदर्शन रञ्जित, सागरराज तिमिल्सिना लगायतले अवार्ड कार्यक्रमका विभिन्न पाटोका बारेमा आफ्नो भनाई राखेका थिए ।

    गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रमको निरन्तरतासँगै यसको गरिमालाई थप उचाइमा पु¥याउन गर्नुपर्ने तयारीको बारेमा मिहिन ढंगले छलफल भएको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए ।

    कार्यक्रमलाई भव्य बनाउन तथा मञ्चमा आवद्ध सबै सदस्यलाई सक्रिय बनाउन शनिबार भेलाको आयोजना समेत गरिएको उनले जनाए । सोही भेलाबाट विभिन्न उपसमिति गठन गरेर तयारीमा थप तिव्रता दिने मञ्चले जनाएको छ ।

    सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिनेछ ।

    अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।

    गण्डकी
    4 hours ago

    फेवाताल किनारका पुराना डुङ्गा व्यवस्थापन गर्न थालियो

    पोखरा, १० चैत (रासस) : फेवाताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुङ्गाले तालको…
    फिचर
    4 hours ago

    आगलागी, डढेलो, चट्याङ र हावाहुरीको उच्च जोखिम, अधिकांश आगलागी मानवीय कारण

    काठमाडौँ, १० चैत (रासस) : भर्खरै सुरु भएको चैतमास, पछिल्लो साताको वर्षा छाडेर भन्ने हो…
    विविध
    1 week ago

    भाग्यशाली बिरुवा : यि विरुवा घरमा राख्दा घरमा धनको आगमनको बाटो खोल्छ

    बाल्कनी बिरुवा: वास्तुको प्रत्यक्ष सम्बन्ध घरको सुख र समृद्धिसँग हुन्छ। सकारात्मक उर्जाका लागि घरमा रुख…
    समाचार
    1 week ago

    पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

    पोखरा– ३० फागुन । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा…
    फिचर
    3 weeks ago

    मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    १८ फागुन, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक…
    गण्डकी
    3 weeks ago

    देशभर प्रि–मनसुन सुरु

    फागुन १७, पोखरा (रासस) । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान…
      June 29, 2020

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      June 7, 2020

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button