‘नेता ज्यु नमस्कार’ सार्वजनिक

दि मुग्लान रेण्टुरेण्टको प्रस्तुतिमा भिडियो रिलिज

पोखरा 

पोखरामा सक्रिय ब्याण्ड डिमर्चाको नयाँ गीत ‘नेता ज्यु नमस्कार’ सार्वजनिक भएको छ । एस टु प्रोडक्शनको युट्युबबाट सार्वजनिक भएको गीतमा वर्तमान नेपाली राजनीतिक परिवेशलाई प्रस्तुत गरिएको छ ।

दि मुग्लान रेण्टुरेण्टको प्रस्तुतिमा रिलिज गरिएको भिडिओको सम्पादन तथा निर्देशन सुरज श्रेष्ठले गरेका हुन् । गीतबाट धेरै अपेक्षा राखिएको निर्माण टिम र डिमर्चा बताउँछन् । गीत केही समय अगाडी तयार भएको थियो । वर्तमान परिस्थितिसँग मेल खाने भएकाले अहिले सार्वजनिक गरिएको श्रेष्ठले बताए ।

गीतले हरेक नेपालीको पीडालाई बोलेको छ । ‘युवा विचार अनि नयाँ सोच अबको खाँचो रहेको बताउँदै डिमर्चा ब्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले जुन सरकार आए पनि कानै चिरेको जस्तो भएको उल्लेख गरे । अब पालो युवालाई दिनुपर्छ, युवाबिना देशविकास असम्भव रहेको सन्देश गीतले प्रवाह गर्न खोजेको उनले बताए ।

बलात्कार घटना होस् या सिमा मिचिएको विषय, युवाशक्ति विदेश पलायन भएको विषया होस् या भ्रष्टचारले देश झन गरिब हुँदै गएको र नेताहरु कानमा तेल हालेर सुतेजस्तो अनुभूति भएको गीत मार्फत व्यंग्यात्मक प्रहार गर्न खोजिएको श्रेष्ठले जानकारी गराए ।

वि.सं २०५२ सालमा पोखराकै पहिलो र्याप ब्याण्डको रुपमा स्थापना भएको डिमर्चाले हालसम्म ६ दर्जन गीत बजारमा पस्केका छन् । डिमर्चा टिममा भाष्करध्वज श्रेष्ठ सँगै वेस्ट गीतारमा विरेन पुन, लिड गितारमा सञ्जय नेपाल, ड्रममा प्रज्वल विक र सफल परियार रहेका छन् । विश्वास गुरुङ, धुर्व सिके, बुद्धि थापा, जोनी तामाङ र अनिल गुरुङले समेत यो ब्याण्डमा रहेर काम गरे ।

हेर्नुहोस भिडियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button