अमेरिकाले विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया फेरि शुरू गर्ने, सामाजिक सञ्जाल प्रोफाइल ‘अनलक’ गर्नुपर्ने

एजेन्सी –
अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिसाको ‘अपोइन्टमेन्ट’ कार्य फेरि शुरू गर्ने बताएको छ । विद्यार्थी भिसा फेरि शुरू गर्ने बताएको अमेरिकी विदेश मन्त्रालयले त्यसका निम्ति केही शर्त पनि राखेको बीबीसीले जनाएको छ ।
भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि जाँच गरिने मन्त्रालयले भनेको छ । यसका लागि सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइल ‘अनलक’ गर्नुपर्ने खबरमा उल्लेख छ ।
विशेषगरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू प्रयोग गर्ने मन्त्रालयको भनाइ छ ।