‘बिन्ती’ सार्वजनिक, करिव दुई दशकअघि सांगीतिक क्षेत्रमा उदाएका गायक : सन्तोष कोन्मे

पोखरा / सन्तोष कोन्मेलाई बहुप्रतिभाशाली कलाकार भन्दा फरक पर्दैन । गायकको रुपमा सांगीतिक यात्रा प्रारम्भ गरेका उनी पोखराका पुराना संगीतकर्मी हुन् । संगीतकारको रुपमा समेत उनी स्थापित छन् ।

उनी कुशल छायांकन तथा म्युजिक भिडियो निर्देशक त हुन् नै, सिद्धहस्त भिजुअल एडिटर समेत हुन् । कान्मेले म्युजिक भिडियोमात्र होइन, गुरुङ तथा नेपाली भाषाका थुप्रै चलचित्रहरुको छायांकन तथा सम्पादन गरिसकेका छन् ।

उनले सञ्चालन गरेको कोन्मे इन्टरटेन्मेनट पोखरामा लामो समयदेखि सक्रिय छ । करिव दुई दशकअघि नै ‘यो मन’ शीर्षकको गीत रेर्कड गर्दै सांगीतिक क्षेत्रमा उदाएका गायक कोन्मेले एक दशकअघि ‘मृत्युपछि’ शीर्षकको एकल गीति संग्रह नै प्रकाशित गरेका थिए ।

पोखरामा रहेर संगीतिक क्षेत्रमा मात्र उनी सिमिति हुन चाहेनन् । फलस्वरुप उनले म्युजिक भिडियो, वृत्तचित्र, चलचित्र आदिको छायांकन तथा सम्पादनको कार्य समेत थाले । अहिले पनि उनी यी विधामा उत्तिकै सक्रिय भएर लागिरहेका छन् ।

पछिल्लो दुई महिनादेखि जारी लकडाउनका कारण उनी फुर्सदमा थिए ।यही मेरोमा उनले सांगीतिक क्षेत्रमा कमब्याक गर्ने निर्णय गरे ।यही क्रममा उनले एउटा गीत नै तयार पारेका छन् ‘बिन्ती‘’ शीर्षकमा । उक्त शुक्रबार सार्वजनिक गरिएको छ ।

कोन्मेकै शब्द, संगीत तथा स्वर रहेको गीतलाई अमित गुरुङले एरेन्ज गरेका हुन् । सम्पादन सिजन बज्राचार्यले र पोष्टर डिजाइन सविन गायकले गरेका छन् । लामो समयको अन्तरालमा सँगीत क्षेत्रमा फर्किदा साथीभाइहरुको राम्रो सहयोग रहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button