नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तराष्ट्रिय ओलम्पिक दिवसमा वक्तृत्वकला प्रतियोगिता गर्ने

पोखरा /
नेपाल भूतपूर्व खेलाडी मञ्चले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस ९जुन २३० को अवसरमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
मंञ्चले पोखरामा माध्यमिक तह स्तरीय ९कक्षा ८ देखि १० सम्मका० विद्यार्थीहरु लक्षित वक्तृत्वकला प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक श्रीकृष्ण अधिकारीले बताएका छन् ।
यहि असार ९ गते विश्वभर मनाइने ओलम्पिक डे लाई विविध कार्यक्रमका साथ आयोजना गर्ने प्रचलन अनुरुप मञ्चले उक्त प्रतियोगिता गर्ने तयारी गरेको हो ।
यस्तै मञ्चले आफ्नो रजत महोत्सव पनि मनाइरहेको छ जस अन्तरगर्त १२ महिना १२ कार्यक्रम गरिरहेको अवस्थामा उक्त कार्यक्रमलाई पनि समावेश गरि कार्यक्रम आयोजना गर्न लागेको नेपाल ओलम्पिक कमिटिका पुर्व उपाध्क्ष एव्म मञ्चका पूर्व तेज बहादुर गुरुङले जानकारी दिए ।
ओलम्पिक दिवस र पोखरा म्याराथन, पोखरा म्याराथनमा विद्यार्थीको भूमिका र सामाजिक रुपान्तरणका लागि पोखरा म्याराथन गरी तीन अलग–अलग शिर्षक अन्तर्गत हुने वक्तृत्वकला प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक जना विद्यार्थी सहभागी गराउन सकिने मञ्चले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने एकजना लाई नगद रु १० हजार, द्वितीय लाई नगद रु। ७ हजार, तृतियलाई नगद रु ५ हजार तथा सान्त्वना स्वरुप २ जनालाई नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
साथै, प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र प्रदान गरिने छ । साथै, प्रतियोगितामा सहभागि तथा विजेताहरुलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिबाट उपलव्ध हुने प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा सहभागिताको लागि दर्ता गर्ने अन्तिम मिति यहि असार ८ गते बेलुका ४ बजे सम्म रहेको र दर्ता शुल्क नलाग्ने पनि मञ्चले जनाएको छ ।
सो प्रतियोगिता असार ९ गते सोमबार बिहान ११ बजेबाट पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना हुनेछ ।
यसै बिच कार्यक्रम लाई सफल बनाउनको लागि श्रीकृष्ण अधिकारीको संयोजकत्तवमा ६ सदश्य पनि समावेश गरिएको छ जस अन्तरगर्त सोसल पब्लिक स्कुल बुद्धचोकका खिम गुरुङ,वालप्रभात मा।वि न्युरोडका डिल्लीराम अर्याल,कालिका मा।वि रामबजारका कुशल लामिछाने,अल्फा वोर्डिङ स्कुल वुढिवजारका रमेशराज पौडेल, ज्ञानज्योति मा।वि गगनगौडाका अर्जुन अधिकारी र गण्डकी आवसीय मा।वि लामाचौरका झलकनाथ आचार्य रहेको मञ्चले जनाएको छ ।