माउण्ट अन्नपूर्ण मा.विमा टोष्ट मास्टर कार्यक्रम

पोखरा/
पोखरा ३ नदीपुर भिसि मार्गमा रहेको माउण्ट अन्नपूर्ण मा.विमा अतिरिक्त क्रियाकलाप अन्तरगर्त टोष्ट मास्टर कार्यक्रम ( भाषण कला अभिबृद्धि ) आयोजना भएको छ ।
शुक्रवार भएको उक्त कार्यक्रममा पन्ध्र सहभागी विद्यार्थीमध्ये अनुपम पौडेल,कस्मिक विश्वकर्मा, प्रस्ताव विश्वास र स्नेहा किसान क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रममा आफ्नो भनाई राख्दै विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तथा नेपाल ओलम्पिक कमिटीका पूर्व उपाध्यक्ष तेजबहादुर गुरुङले विद्यार्थीहरूको भाषण कलालाई प्रभावकारी तरिकाले बिकास गर्नको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभएको छ ।
कार्यक्रमको उदेश्यमाथि प्रकास पदै गुरुङले भने विशिष्ट मूल्याङ्कनकर्ता , मूल्याङ्कनकर्ता, व्याकरण परीक्षक, थेगो गणक र समयपालकमार्फ प्रतियोगी विद्यार्थीको बहुपक्षीय मूल्याङ्कन गर्ने उद्धेश्य हो ।
सो अवसरमा गुरुङलेसो कमिटीको लोगो प्रदान गर्दै विद्यार्थीका फरक प्रतिभाको खोजी गर्न र अगाडि बढाउन विद्यालय भरमग्दुर पहल गरिरहेको बताउनुभयो।
कार्यक्रममा फरक–फरक तिन शीर्षकमा वक्तृत्वकला कार्यक्रम समेत भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले एवं मूल्याङ्कन कर्ताको भूमिका निर्देशक अशोक शाहीले गर्नुभएको थियो । यसरी नै कार्यक्रम सञ्चालन शिक्षिका सेजल विजुक्छेले गर्नु भएको थियो भने स्वगत मन्तव्य विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक उमेश खनालले गर्नु भएको थियो ।
यसै बिच विद्यालयमा अन्तराष्ट्रिय योग दिवसको अवसरमा बिहानको एसेम्लीमा बिद्यालयका लेखा प्रमुख तथा गण्डकी प्रदेश पातञ्जल समितिका कोषाध्क्षय नवराज शर्माले विद्यार्थीहरुलाई २० मिनेट योग अभ्यासको प्रशिक्षण गराउनुभएको थियो । यस्तै शिक्षक अस्विन कोइरालाले अन्तराष्ट्रिय योग दिवसको बारेमा जानकारी दिनुभएको थियो । माउण्ट अन्नपूर्ण मा.विमा गण्डकी प्रदेशकै पहिलो निजि स्तरबाट सञ्चालित बिद्यालय रहेको छ ।



