पर्यटन र समृद्धिको बाटो नियाल्दा…
मरुभूमि क्षेत्रले चिनिएको राष्ट्र युएईले पर्यटनको विकासमा जुन नीति अगाँलेर असम्भव भन्ने केही छैन भन्ने व्यवहारिक सन्देश दिएको छ । मरुभूमिको पर्यटकीय व्यवहारबाट नेपाली पर्यटन एवं समृद्धिमा आफ्नै मौलिकता दिने गरि सिकेर कसरी अघि बढ्ने त ? देशको विकासका लागि सर्वप्रथम हाम्रो लक्ष्य स्पष्ट हुनुपर्दछ, हामी कहाँसम्म पुग्न चाहन्छौँ ? के प्राप्त गर्न चाहन्छौं ? पर्यटन, कृषि र जलस्रोत यसको विकासबाट मात्रै समृद्धि हुन सक्छ भन्ने कुरामा जनता र राज्य संचालकहरू एवं मुख्य राजनीतिक पार्टीहरूको विकासको पक्षमा गम्भीर सम्झौता एवं दृढ इच्छा शक्ति आवश्यक छ । सामाजिक संघ-संस्था, गैरसरकारी संस्थाहरू, अन्य संस्थाहरूलाई सामाजिक उद्योगका लागि तयार पारिनुपर्दछ । त्यसरी तयार नहुने हो भने तुरुन्त खारेज गर्नुपर्दछ ।
आन्तरिक लगानी सम्बन्धित नीति झन्झट रहित बनाउने, कर छुट, कर, सहुलियत, सहुलियत ऋणको व्यवस्था गर्ने । सबै जनताहरूलाई उद्योग प्रवद्र्धनमा साझेदार गराउने र यस बापत २० वर्षसम्म उद्योगहरूको आम्दानीमा कर छुट दिने, कर प्रशासनको झन्झट अन्त्य गरिदिने । जहाँबाट हुन्छ लगानी गर उद्योग खोल राज्य साथमा छ, भन्ने अभियान बुन्नुपर्दछ । अन्तर्राष्ट्रिय समाजसँग प्रतिस्पर्धा गर्न पर्यटन, कृषि र जलस्रोतको समायोजन गरि पर्यटन केन्द्रको रुपमा विकास गर्न जरुरी छ ।
पर्यटन पूर्वाधारहरूको निर्माणका लागि नेपाली लगानीकर्तालाई लगानीका लागि केन्दि«त गर्न कसैले पुजीँ तेत्तिकै थुपारेको छ भने पनि यस्ता पुजीँलाई उद्योगहरूमा लगानी गर्न बिना झन्झट बाटो खोलिदिनुपर्दछ । पर्यटन पूर्वाधारहरू निर्माण गर्दा सामुदायिक, निजी, सहकारी, सरकारी र संस्थागत साझेदारी र व्यवस्थापनमा पुजीँ निर्माण गर्ने रणनीति लिनुपर्दछ । हाम्रो देश प्राकृतिक सुन्दरताले भरिपूर्ण बहुआयमिक देश हो ।
सुन्दरी जन्मदेखि नै सुन्दरी हुदैँ आएकी छन्, त्यो सुन्दरताको वर्णन उसले पहिरेका कपडा र कस्मेटिकको श्रृगांरले गरिरहेको छ । देशले आज पनि नाङ्गो पर्यटन पस्किरहेको छ । हो नाङ्गो रुप हेर्ने पर्यटन आकर्षित हुन्छन् तर क्षणिक रुपमा मात्र त्यसैले दिगो पर्यटन विकासका लागि मानव निर्मित कपडाहरूले प्रकृतिलाई सिगाँरनु हाम्रो दायित्व एवं कर्तव्य हो । हामीले प्रक्रियामा नभएर पूर्णता एवं परिणाममा विश्वास गर्ने संस्कृतिको जर्गेना गर्नुपर्दछ ।
पर्यटकहरूलाई आकर्षित गर्न आध्यात्मिक ढङ्गबाट पर्यटन प्रवद्र्धन गर्ने खालका धार्मिक सर्किटहरू बनाउने । यातायात नपुगेका पहाडी पर्यटकीय क्षेत्रमा रोपवेहरू एवं स्काई–वे प्रयोग गरि विद्युतीय पारवहन ले यातायतको विकल्प दिने गरि पर्र्यटन पूर्वाधारहरू निर्माण गर्ने । हिमालय क्षेत्रसँगको पहुँचलाई व्यापक बनाउन रोपवहरू व्यापक निर्माण गर्ने र हिउँ स्केटिङ स्पोटको प्रवर्द्धन गर्ने । ७७ वटा जिल्लामा आफ्नै मौलिकताको आधारमा बृहत्तर पर्यटन गन्तव्यको पूर्वाधारहरू निर्माण गर्ने ।
तराई क्षेत्रमा नदिहरूलाई बाँध लगाएर बहुउद्देश्य तलाउ बनाउने र किनारमा पर्यटन पुर्वाधारहरू बनाउने, मोटर वोटहरू संचालन गर्ने, सिचाँईका लागि पानीको उपयोग गर्ने र वाटर स्पोर्टको प्रवर्द्धन गर्ने । हाम्रा जंगलहरूलाई गार्डेन फरेष्टको रुपमा विकास गर्ने । पुष्प बगैँचाहरू निर्माणलाई अत्याधिक प्रवर्द्धन गर्ने । होटल, रिसोर्ट रेष्टुरेन्टहरू व्यापक मात्रामा निर्माण गर्ने र पर्यटकहरूको स्वागत, सत्कार एवं पर्यटकीय व्यवहारको बारेमा योजनावद्ध रुपमा जनशक्तिलाई प्रशिक्षित गर्ने । पर्यटन सर्किटहरूको टुरिजम म्याप बनाउने र ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने । रिसोर्ट खालकाका स्मार्ट स्टेहरू सांस्कृतिक मोडेलमा निर्माण गर्ने ।
पर्यटनका यी पूर्वाधारहरूको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको प्रयोग र विभिन्न देशहरूको सहयोगमा ब्राण्डिङ गरियो भने उल्लेखनीय पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकहरूलाई सपिङ्ग स्पटको रुपमा प्रगोग गर्न प्रेरित गर्नका लागि कर फिर्ताको अवधारण अंगाल्नु पर्दछ । देशको आन्तरिक बजार प्रवर्द्धन गर्नका लागि पनि व्यवहारिक शुल्क पुरै निःशुल्क गर्ने, विलासिताका सामाग्रिमा उपयोग गरे बापत वार्षिक कर लिने नीति लिनुपर्दछ । यसबाट बृहत्तर कारोबार मूलक अवस्था सृजना भई देश यथार्थमा नै पर्यटन र समृद्धिको बहुपक्षीय केन्द्रको रुपमा परिणत हुन्छ ।
नेपाली समाज, यहाँको धर्म, संस्कृति, रीतिरिवाजलाई एउटा घेरामा संरक्षण गर्नुपर्दछ । घेरा बाहिर विशेष संरक्षित पर्यटकीय शहरहरू निर्माण गर्न, त्यहाँ रात्रीकालीन बजार, रात्री जीवन, आधुनिक क्लबहरू, मदिरा स्थलहरू, विशेषखालको रेडलाइड क्षेत्र बनाउनु पछि एउटा विधि बनाएर नेपालमा उत्पादन हुन सक्ने गाँजा चरेशलाई नियन्त्रण र व्यवस्थित गर्न समेत पर्यटकहरूलाई उपभोग गर्न दिन सक्ने गरि स्मोकिङ्ग जोनको निर्माण गर्ने विषयमा समेत आवश्यक चर्चा गरोँ । नकरात्मक वस्तुलाई सकरात्मक उपयोगमा परिणत गर्ने र फाईदा लिने नीति देशले अगाँल्नु पर्दछ ।
ट्रेकिङ रुट, साइकल लेन, माउन्टेनिङ, जिप फ्लायर लगायतका अनेक खालका पुर्वाधारहरू खेल पर्यटनको लागि व्यापक रुपमा स्टेडियहरू समेत निर्माण गर्नुपर्दछ । अब खेल पर्यटन, बाल पर्यटन, पारिवारिक पर्यटन, हनिमुन पर्यटन, प्रेम पर्यटन, ऐतिहासिक पर्यटन, धार्मिक पर्यटन अनेकौँ खालका पर्यटनलाई चौडा छातीका साथ व्यवस्थापन गर्नुपर्दछ ।
कृषि पर्यटन विकास गर्नका लागि कृषिको आधुनिकीकरण गरि गार्डेन एग्रोको रुपमा विकास गर्नुपर्दछ । जुन कृषि पर्यटनका रुपमा पर्यटकहरूको एकातिर केन्द्र बन्छ भने कृषिको व्यवसायिकरण हुन्छ । बहुउद्देश्यीय तालहरूलाई सिचाँई र व्यवसायिक माछा पालनका लागि उपयोगमा ल्याउने र निर्यात र पर्यटनमा टेवा दिने । फलस्वरुप उत्पादन र पर्यटन दुवै प्राप्त गर्न सक्छौँ । यस क्षेत्रमा लगानी आकर्षित गर्न जति उत्पादन त्यति अनुदानको नीति राज्यले लिनुपर्दछ ।
यसले पर्यटन एवं निर्यात उद्योगलाई बढवा दिने कार्य गर्ने क्षमता राख्दछ । घरपालुवा जनावरहरू फार्म बनाएर आधुनिक ढङ्गबाट पाल्ने, भुगोल अनुसारका विशेष संरक्षित केन्द्रहरू बनाएर मासुजन्य पदार्थको उतपादन गर्न बृहत्तर उद्योगको विकास गर्न जरुरी छ । पालुवा जनावरहरू प्रति पर्यटकहरूलाई आकर्षित गर्नका लागि विशेष क्षेत्रहरू बनाउने र पर्यटकहरूलाई आफैँ शिकार गर्न दिने गरि हन्टिङ पर्यटनको विकास गर्न सकिन्छ । हन्टिङ पर्यटनलाई कृषिसँग जोड्न सकियो भने पर्यटन प्रवद्र्धनको क्षेत्रमा कायपलट नै गर्न सकिन्छ ।
जलस्रोत विकासमा उर्जा क्षेत्रमा लगानीको वातावरण सहित वैदेशिक लगानीकर्ताहरूलाई अफर गर्नुपर्दछ । तातो केकको रुपमा प्रोजेक्ट बैंक बनाउने र परियोजना छनोट गरि निर्माणको वातावरण बनाउने गरि लगानीकर्ताहरू आकर्षित गर्नुपर्दछ । लगानीकर्ताहरूको लगानीको स्रोत खोज्नुहुदैँन । १० वर्षसम्म आम्दानी कर निःशुल्क गरिदिने हो भने हाम्रो क्षमता रहेको ८३ हजार मेगावटा उर्जा निकाल्न लामो समय कुरि राख्नुपदैँन । यसो गर्दा देशमा इन्भेष्टमेन्ट टुरिजमको प्रवद्र्धन हुन्छ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्न सक्छ र विस्तारै ट्रेड टुरिजम स्पटका रुपमा देशलाई परिणत गर्ने बाटो खुल्दछ । कर छुट ? थाहा छ यो गम्भीर प्रश्न हो, तर सत्य यहि हो कि, भोलि हामि कहाँ पुग्न चाहन्छौँ ? आज हामि कहाँ छौँ ⁄ के पाइरहेका छौँ ⁄ यसको यसको गम्भिर समिक्षा गरि कृषिबाहेक पर्यटन र जलस्रोतको पुर्वाधारहरू बोट मोडलमा निर्माण गर्नुपर्दछ । फाइदा यी पूर्वाधारहरू ३० वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउँदछन् ।
यो भनेको नेपालको सम्पत्तिमा व्यापक बृद्धि हुनु हो । यसले देशको अर्थतन्त्र बलियो बनाउँदछ । यी पूर्वाधारहरू बन्दा सम्पूर्ण नेपाली स्वरोजगार हुन्छन् । तिनीहरूले पाउने सेवा सुविधा एवं तलबबाट समाज आर्थिक रुपान्तरणको अभियानमा लाग्दछ । नेपाल सरकारले कर विश्लेषण एवं प्रक्षेपण प्रतिवेदन बनाएर प्राप्त हुन सक्ने कर विश्लेषण गरि त्यति रकम नाफाको रुपमा प्राप्त गर्न सक्ने गरि आवश्यक पूजीँ, यी पूर्वाधारहरूमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा लगानी गर्न सक्दछ ।
प्रत्यक्ष लगानीका लागि पूजीँको अभाव हुने भयो भने राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा राज्यले ऋणपत्रहरू जारी गरी बिक्री गर्न सक्दछ र लगानी योग्य पूजीँको निर्माण गर्न सक्दछ । यसबाट राज्य चलाउनका लागि प्रत्यक्ष आर्थिक आधार खडा हुन्छ र कर क्षतिपूर्ति समेत अशुल गर्न सक्दछ । पूर्वाधारहरूको निर्माण प्रक्रियाका लागि लगानी भित्रिसकेपछि स्वतःस्फुर्त विकासको कार्य अघि बढ्छ ।
सबैभन्दा महत्वपूर्ण उपलब्धि नेपाली समाजको चेतना स्तर र प्रतिस्पर्धी क्षमतामा समेत अभिवृद्धि हुनेछ । यो नै हाम्रो ठूलो पर्यटन उद्योगको रुपमा संसारभर प्रख्यात बन्ने मसला बन्नेछ । यस अवस्थामा नेपालकको कुल ग्राहस्थ उत्पादन, रोजगारी सिर्जना र निर्यात मूलक उद्योगमा पर्यटन क्षेत्रको नेत्तृत्वदायी भूमिका रहने सुनिश्चितता गर्दछ । के यो बाटोमा अघि नबढ्ने त ?
(लेखक शर्मा बन्दीपुर केवलकार कम्पनी प्रा.लि. का अध्यक्ष हुन् ।)