मनिपाल अस्पतालको लापरबाही, संक्रमित लैजाँदा सामान्य बिरामी सरह पठायो

पोखरामा रहेको मनिपाल अस्पतालले नागरिकको स्वास्थ्यमा गम्भिर खेलाँची गरेको छ । एक त अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि मात्र उसले सतर्कता अपनाएको छ । जसले गर्दा दुई दर्जन नर्स तथा डाक्टर क्वारेन्टाइनमा पुगेका छन् । अर्को त, कोरोना पुष्टि भएको बिरामीलाई कोरोना डेडिकेटेड हस्पिटल लैजाने क्रममा सामान्य बिरामी सरह साधारण एम्बुलेन्स प्रयोग गरियो भने अस्पतालका प्रमुखसँग समेत कुनै समन्वय नगरेको पाइएको छ ।

पर्वतको कुश्मा नगरपालिका ३ का ३५ बर्षीय पुरुष जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएका थिए । २ दिनसम्म बेहोस उनको टाउकोको शल्यक्रिया भएको थियो । उनको २५ गते उनको स्वाब लिइएको र शुक्रवार पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएका उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा लगेर छाड्ने क्रममा लापरबाही भएको निर्देशक डा. अर्जुन आचार्यले गुनासो गरेका छन् । सामान्य बिरामी सरह सुरक्षाका कुनै उपाय नअपनाईकन अन्य मानिससँगै एम्बुलेन्समा पठाएको उनको भनाई छ । उनमा हाडजोर्नीको समेत समस्या रहेको बताउँदै आचार्यले स्वास्थ्य निर्देशनालय र सम्बन्धित अस्पतालले कुनै समन्वय नगरी संक्रमित पठाउँदा जोखिम बढेको बताए ।

मनिपाल अस्पतालको यस्तो गैरजिम्मेवारीपन र स्वास्थ्य निर्देशनालय गण्डकीको अभिभावकीय भूमिका नहुँदा कोरोना संक्रमण फैलने भय बढेको छ । अस्पतालमा कार्यरत दर्जन बढी नर्स, डाक्टरसहित करीब दुई दर्जन स्वास्थ्यकर्मी अस्पतालकै क्वारेन्टिनमा छन् । उनीहरुको पनि स्वाब संकलन गरिएको छ । संक्रमित पुरुष रहेकै वार्डमा रहेका ४ अन्य बिरामीको पनि कोरोना परीक्षण गरिँदै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button