श्रमिक दिवसका अवसरमा तालिम

पोखरा, १९ बैशाख

अन्र्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कलश बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी बृत्तिविकास तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्नो कर्मचारीका लागि प्रभावकारी सञ्चार विधीका विषयमा तालिम प्रदान गरेको हो ।

सो अवसरमा बोल्दै संस्थाका लेखा समिती संयोज विजेन्द्र शर्मा पौडेलले तालिमले कर्मचारीमा थप आत्मविश्वास बढ्नुका साथै बोल्ने कलाको विकास हुने बताउनुभयो । तालिमबारे बोल्दै संस्थाका कर्मचारी विनिता अधिकारीले तालिम प्रभावकारी रहेको तथा व्यावसायिक तथा व्यक्तिगत जीवनोपयोगी रहेको बताउनुभयो । संस्थाका कर्जा प्रमुख इश्वर पराजुलीले तालिमलाई व्यवहारिक जीवनमा लागु गरे मात्र तालिमको उपादेयता हुने बताउनुभयो ।

तालिममा संस्थाका कर्मचारीहरु विनिता अधिकारी, इश्वर पराजुली, याममाया रोका, मिनु गुरुङ, मनिषा गुरुङ, मनिषा तिवारी, प्रेमकुमारी शर्मा, विष्णुमाया गिरी सहभागी थिए । तालिमको सहजीकरण रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जयकुमार मल्लले सहजीकरण गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button