जन्मदिनको अवसरमा युवा यातायात व्यवसायी मल्लद्धारा बृद्धाश्रममा सहयोग

पोखरा, २४ बैशाख ।

पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । युवा यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै जन्मदिन मनाई बृद्धाश्रमलाई खाद्यन तथा नगद सहयोग गरेका हुन ।

म्याग्दे गाउँपालिका वडा नम्बर ४ थर्पु घर भइ हाल पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोक बसोवास गर्ने मल्लले आफ्नो ३७ आंै जन्मदिन बृद्धाश्रममा मनाएका हुन । जन्मदिनको अवसरमा पोखरा बृद्धाश्रममा ५ बोरा चामल, १० किलो दाल , १० किलो चिनि, २ किलो चियापत्ती, २ कार्टुन तोरीको तेल, ५ किलो चना, ७ प्याकेट दालमोठ, २ कार्टुन विस्कुट, मसला लगायतका खाद्यान्न तथा नगद रु ५ हजार ५ सय सहयोग गरेका हुन् ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी तथा स्थानिय यातायातसंग आवद्ध मल्लले हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो जन्मदिनमा सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेकोे बताए । उक्त अवसरमा आश्रममा आश्रित १ सय ५ बर्षिय बृद्ध नन्दलाल दाहालबाट आर्शिबाद ग्रहण गरेका थिए । पोखरा बृद्धाश्रममा आफ्नो जन्मदिनको अवसर पारी खाद्यान्न सामाग्रीहरु प्रदान गरी सामाजिक काम गर्न पाएकोमा मल्लले खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने वताए ।

सो अवसरमा पोखरा बृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले सहयोगी परिवारलाई धन्यवाद दिर्दैै यसरी बृद्धाश्रममा आएर जन्मदिन मनाउदा आफुलाई खुसी लाग्ने गरेको वताए । विभिन्न ब्याक्तिहरुको सहयोगमा बृद्धाश्रममा आफुहरुले दैनिकी चलाउदै आएको र सहयोगदाताहरु को सहयोगले नै बृद्धाश्रम चल्ने गरेको सुनाए । रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्लले पछिल्लो समय युवा पुस्ताहरुले जन्मदिनको अवसरमा फजुल खर्च गरि रमाइलो गर्नुभन्दा आश्रममा रहेको बृद्धबृद्धालाई सहयोग गर्न सके पुण्य प्राप्त हुने वताए । आश्रमका स्वास्थ्य प्रबन्धक सिद्दीकुमार रेग्मीले हरेक व्यक्तीले व्यवसायसंगै सामाजिक उत्तरदायित्वलाई बहन गर्न सके समाज सुसंस्कृत बन्ने बताए ।

खाद्यान्न तथा नगद हस्तान्तरण कार्यक्रममा मल्लका आमा धनुमाया मल्ल, श्रीमती मौनता मल्ल, छोरा सुनित मल्ल, यातायात व्यवसायी मनोज गुरुङ, दिपक गौतम उपस्थित थिए । हाल बृद्धाश्रममा ५० जना बृद्धबृद्धाहरु आश्रित रहेको आश्रमका अध्यक्ष पराजुलीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button