• मिस तामाङ पोखरा–२०२६ तयारी सुरु, तामाङ समुदायबीच छलफल

    पोखरा।

    दशौं मिस तामाङ पोखरा–२०२६ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ । तयारीका लागि पोखरा महानगरभित्र रहेका विभिन्न तामाङ घेदुङ इकाइहरू बीच छलफल कार्यक्रम सम्पन्न भएको समाजले जनाएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ सेवा समाजको आयोजनामा हरेक वर्ष मिस तामाङ पोखरा हुने गर्दछ ।

    बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रममा तामाङ घेदुङ गण्डकीका उपाध्यक्ष रामबहादुर ब्लोन (शिबु) ले महिला शिक्षित भए परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भए समाज र देश शिक्षित हुन्छ भन्ने अवधारणालाई मिस तामाङ प्रतियोगितासँग जोडेर व्यक्त गरे । नेपाल जेसिसका पूर्व अध्यक्ष राजु केसीले नारी शिक्षाले घर–समाज र देशलाई समृद्ध बनाउने भन्दै नारी क्षमता विकास, नेतृत्व निर्माण र आत्मविश्वास वृद्धि मिस तामाङ पोखराले पु¥याउँदै आएको योगदानमा जोड दिए ।

    रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जय मल्लले तामाङ समुदायका छोरी–चेलीलाई आफ्नो पहिचान, प्रतिभा र सांस्कृतिक ज्ञान सहित अगाडि बढ्ने अवसर दिलाउने यो कार्यक्रम समुदायको सम्पत्ति हो भने । उनले यदि हामीले आफ्ना परम्परा, कला, भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण नगर्ने हो भने मौलिकता नै हराउने खतरा रहेकोमा जोड दिए ।

    वक्ता र सहभागीहरूले मिस तामाङ प्रतियोगिता केवल सौन्दर्य प्रतियोगिता मात्र नभई सांस्कृतिक संरक्षण, नेतृत्व क्षमता विकास, र समुदायको अन्तरपीढीगत सम्बन्ध मजबुत पार्न महत्वपूर्ण माध्यम भएको बताएका छन् । छलफलमा संयोजक रोशिला ब्लोन, तामाङ बौद्ध सेवा समितीका अध्यक्ष विष्णु तामाङ , तामाङ घेदुङ पोखरा महानगरका कार्यबाहक अध्यक्ष अन्जना तामाङ, कार्यक्रमका कोरियोग्राफर जिता लामा लगायतले मिस तामाङ पोखराको महत्व, यसको सांस्कृतिक योगदान र प्रतिभा उजागर गर्ने भूमिकामाथि आ–आफ्नो धारणा व्यक्त गरेका छन्।

    माघको ३ गते पोखरामा हुने मिस तामाङ पोखरा–२०२६ मा पोखराका अभिभावक र तामाङ समुदायलाई आफ्ना छोरी–चेलीलाई सहभागी गराई नयाँ कुरा सिक्ने, आत्मविश्वास बढाउने र क्षमता उजागर गर्ने उत्कृष्ट अवसर दिन बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले अनुरोध गरेको छ ।

  • बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

    तनहुँ/

    बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।

    पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसरी आउने विदेशी पर्यटकमा चिनियाँ नागरिक अत्यधिक हुने गरेका छन् । सात महिनामा पाँच हजार ५१ जना चिनियाँ पर्यटकले भ्रमण गरेका छन् । त्यसपछि भियतनाम, भारत र स्पेनका पर्यटक रहेका छन् । चिनियाँ पर्यटक बास बस्नेगरी भन्दा घुमफिरका लागि आउने गरेका छन्, बास बस्नका लागि अधिकांश पोखरा र चितवन जाने गर्दछन् ।”

    उहाँका अनुसार वैशाखमा तीन हजार २९७, जेठमा तीन हजार ३४२, असारमा दुई हजार ७६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८३२, असोजमा तीन हजार ७८६ र कात्तिकमा चार हजार ६२७ जनाले भ्रमण गरेका छन् ।

    त्यसैगरी, आन्तरिक पर्यटकतर्फ ३२ हजार ७६० जनाले बन्दीपुर भ्रमण गरेका छन् । वैशाखमा एक हजार ८९८, जेठमा दुई हजार १३५, असारमा दुई हजार ११५, साउनमा दुई हजार ४५१, भदौमा एक हजार ९८२, असोजमा पाँच हजार १२१ र कात्तिकमा १७ हजार ५८ जनाले भ्रमण गरेका हुन् । कात्तिक र मङ्सिरमा भ्रमणका लागि कलेज र विद्यालयबाट विद्यार्थी आउने भएकाले पर्यटकको सङ्ख्या ह्वात्तै बढेको देख्न सकिन्छ ।

    विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्, उहाँले भन्नुभयो ।

    फिचर
    २०८२ भाद्र १२, बिहीबार ०७:०१ गते

    आज ऋषि पञ्चमी सप्त ऋषिको पूजाआराधना गरी मनाउँदै

    काठमाडाँै/ भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना…
    देश
    २०८२ असार १८, बुधबार ०६:३४ गते

    मनसुनका एक महिनामा ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते

    काठमाडौँ/ गत जेठ १५ देखि असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्।…
    फिचर
    २०८२ असार १३, शुक्रबार ०६:४८ गते

    गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्ष र सत्तारुढ सांसदको सरकारलाई प्रश्नैप्रश्न, अर्थ सचिवले लगेको बजेट रोकेर देखाउन चुनौती

    पोखरा/ गण्डकी प्रदेश सभामा प्रतिपक्ष माओवादी सांसद दमयन्ती रुचालले प्रदेशका अर्थ सचिवले लगेको बजेट रोकेर…
    देश
    २०८२ असार १२, बिहीबार ०६:२२ गते

    फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान

    सोलुखुम्बु/ पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि आज जहाज उडान भएको छ । प्रतिकूल…
    देश
    २०८२ असार ७, शनिबार ०६:३० गते

    त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाः नेपाल स्कटल्यान्डसंग पराजित

    काठमाडौँ/ त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपाल आज घरेलु टोलि स्कटल्यान्डसंग पराजित भएको छ…
    देश
    २०८२ असार ६, शुक्रबार ०६:४५ गते

    आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

    सिरहा-रासस । यो आँप पाक्ने याम हो । । सिरहाका बजारमा मात्र होइन सडक किनारका…
      २०८२ भाद्र १७, मंगलवार २२:२९ गते

      जिसस कास्कीद्वारा उपलब्धि र कार्ययोजना सार्बजनिक

      पोखरा भदौ १७/ जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८१( ८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक…
      २०८१ फाल्गुन ६, मंगलवार ०६:४४ गते

      सडक दुर्घटनाः छ महिनामा एक हजार दुई सय ३३ जनाको निधन

      काठमाडौँ/ चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक…
      २०८१ आश्विन १३, आईतवार ०७:१५ गते

      उद्धार गर्दै नेपाल प्रहरी

      तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीको विभिन्न क्षेत्रमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धार गर्दै नेपाल प्रहरी । तस्बिरः…
      २०८१ आश्विन १३, आईतवार ०६:५३ गते

      नागरिकको उद्धार गरिँदै

      नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका-२ को सितापुर क्षेत्रमा नारायणी नदी बस्तीमा पसेपछि उद्धार गरिँदै । यस क्षेत्रको सितापुर, नन्दपुर, भुताहा, धजाहलगायत…
      २०७७ असार १५, सोमबार १२:३२ गते

      असार १५, धान दिवस विशेष (फोटो फिचर)

      पोखरा, १५ असार विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर…
      २०७७ जेष्ठ २५, आईतवार ०३:४४ गते

      ‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

      नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक…
      Back to top button