जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई पराजित

ओल्मोको दुई गोलमा लाइपजिग विजयी

काठमाडौं । डानी ओल्मोको दुई गोल मद्दतमा तेस्रो स्थानको आरबी लाइपजिगले जर्मन बुण्डेसलिगामा होफेनहेइमलाई पराजित गरेको छ । गएराति भएको एक मात्र खेलमा लाइपजिगले होफेनहेइमलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्मोले दुवै गोल दुई मिनेटको अन्तरमा पहिलो हाफमा गरेका थिए । उनले खेलको नवौं र ११औं मिनेटमा गोल गरेका थिए ।

जितपछि लाइपजिगले ३१ खेलबाट ६२ अंक जोडेको छ भने दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग अंकदूरी १ मा झारेको छ । समान खेलबाट ४३ अंकसहित होफेनहेइम सातौँ स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button