हङकङमा ल्याउने कानुनका लागि आफूलाई अमेरिकाले दण्डित गरे त्यसको प्रतिकार गर्ने चीनको चेतावनी

एजेन्सी । – आफूले हङकङमा ल्याउने नयाँ कानुनका लागि अमेरिकाले सजाय दिए त्यसको प्रतिकार गर्ने चेतावनी चीनले दिएको छ।

हङकङका सुरक्षा प्रमुख सोमबारले नयाँ कानुनले आतंकवादलाई परास्त गर्ने बताएका छन्।

बेइजिङले हङकङमा लागु गर्न खोजेको नयाँ सुरक्षा कानुनले राज्यद्रोह ,तोडफोड लगायतका क्रियाकलापलाई प्रतिबन्ध लगाउनेछ।

गत वर्षदेखि त्यहाँ प्रजातान्त्रिक व्यवस्था कायमै रहनुपर्ने माग राख्दै प्रदर्शन सुरू भएको थियो। धेरैजसो प्रदर्शनले त्यतिबेला हिंसात्मक रुप लिएका थिए। मूख्यभूमि चीनले आफूहरूले उपभोग गर्दै आएको प्रजातान्त्रिक स्वतन्त्रतालाई हस्तक्षेप गर्न लागेको आरोप प्रदर्शनकारीले लगाउँदै आएका छन्।

ती प्रदर्शनहरूले हङकङलाई इतिहासकै गम्भीर राजनीतिक संकटमा लगेको थियो। कोरोना भाइरसको महामारी र चीन तत्कालका लागि आफ्नो योजनाबाट हटेपछि प्रदर्शनहरू रोकिएको भएपनि आइतबारबाट पुनः प्रदर्शनहरू सुरू भएको छ।

यही तनावमा अमेरिकाले हङकङमाथि चीनले कुनै पनि बाहानामा त्यहाँका जनताले प्रयोग गर्दै आएको स्वतन्त्रताको अधिकारमा हस्क्षेप गर्ने प्रयास भए हङकङलाई आफूले दिदैं आएको व्यापारिक हैसियत पहिलेझैं नहुने चेतावनी दिदैं आएको छ।

अमेरिकासँगै हङकङका धेरै जनता, व्यावसायिक समूह र पश्चिमा राष्ट्रहरूले चीनको पछिल्लो कदमले त्यहाँको अधिकार कुण्ठित गर्नेमा शंका व्यक्त गर्दै आएका छन्।

चीनको विदेश मन्त्रालयले आफूहरूमाथि कुनै पनि प्रकारको प्रतिबन्धहरू अमेरिकाले लगाए त्यसको प्रतिक्रिया दिने बताएको छ।

‘यदि अमेरिकाले चिनियाँ चासोमा चोट पुर्‍याउँछ भने चीनले तिनको प्रतिकार र प्रतिरोधमा आवश्यक सबै उपायहरू लगाउनेछ’, विदेश मन्त्रालयका प्रवक्ता चाओ एलाइचिन संवाददाताहरूसँग सोमबार भने।

हङकङलाई लिएर दूई शक्तिराष्ट्रको यो टकराव शितयुद्धको सम्मुख पुग्न लागेको ठानिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button