विश्वकप छनोटका खेल अक्टोबर र नोभेम्बरमा खेलाउने प्रस्ताव

एजेन्सी । – कोरोना भाइरसका कारण स्थगित भएको फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने प्रस्ताव गरिएको छ।

कोरोना भाइरस कारण छनोटका अन्तिम ‘चार म्याच डे’ का खेल स्थगित भएका थिए।

स्थगित भएका ती खेलहरू आगामी अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ मा गर्न प्रस्ताव गरिएको छ।

यो प्रस्ताव युएईको फुटबल एसोसिएसनले एसियाली फुटबल महासंघ (एएफसी) लाई गरेको हो। बुधबार एएफसीसँगको भिडियो मिटिङमा युएई फुटबलका महासचिव मोहमद हजाम अल धहेरले स्थगित भएका छनोटको मिति प्रस्ताव गरेका थिए। अब यो मितिमा खेल गर्नका लागि फिफासँग समन्वय गरिनेछ। त्यसपछि मात्र खेलको मिति पक्का हुनेछ।

दोस्रो चरणको छनोटमा ‘चार म्याच डे’ का खेल बाँकी भए पनि नेपालले भने तीन खेल खेल्न की छ। तीन वटै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

प्रस्ताव गरेको नयाँ मितिलाई फिफाले अनुमती दिए नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ। सबै खेल दशरथ रंगशाला हुनेछ।

छनोट खेलअन्तर्गत समूहमा पाँच खेल खेलेको नेपालले तीन अंक मात्र जोडेको छ। चाइनिज ताइपेइलाई पराजित गरेको नेपाल समूह बीमा चौथो स्थानमा छ।

१२ अङ्क जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ। त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको चाइननिज ताइपेइ अन्तिम स्थानमा छ।

समूहको शीर्ष टिम विश्वकपको तेस्रो चरणमा पुग्नेछ भने एसिया कपमा सिधै छनोट हुनेछ। दोस्रो हुने टिम पनि विश्वकपको तेस्रो चरणमा पुग्नेछ। दोस्रो हुने टिम सिधैं एसिया कप वा एसिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ।

तेस्रो हुने टिम विश्वकप छनोटबाट बाहिरनेछ भने एसिया कपको तेस्रो चरणमा पुग्नेछ। चौथो हुने टिम पनि विश्वकप छनोटबाट बाहिरिने भने एसिया कपको तेस्रो चरण वा प्लेअफमा पुग्नेछ। पाँचौ हुने टिम पनि विश्वकप छनोटबाट बाहिरिदा प्लेअफ भने खेल्न पाउनेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button