नेपाल पर्यटन बोर्ड, गण्डकीको आयोजनामा पोखरामा डुंगा दौड प्रतियोगिता हुँदै

पोखरा/

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजनामा पोखराको फेवातालमा राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थानमा आगामी जेष्ठ १८ गते उक्त प्रतियोगिता हुन लागेको पोखरामा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महिला तथा पुरुषतर्फ खुल्ला रुपमा यो प्रतियोगिता सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने, फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने, फेवातालको महत्व बुझाउन तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाका गण्डकी प्रमुख मणीराज लामिछानेले पत्रकार सम्मेलनमा बताउनुभयो ।

महिलातर्फ बाराहीघाट देखि पारी लिच्चि गार्डेनसम्म जाने आउने जाने सहित झण्डै २ किलोमिटर तथा पुरुषतर्फ बाराहीघाट देखि पारी लेक हाउससम्म जाने आउने गरि झण्डै ३ किलोमिटरको दुरीमा प्रतिस्पर्धा गराइने व्यवस्थापन समितिका अध्यक्ष बलराम गिरीले जनाउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वनास्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गर्नेछन् । पुरुषतर्फ २० टिम तथा महिलातर्फ १० टिमको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रत्येक टिममा तीन जना डुंगा चालक रहने छन् ।

प्रतियोगिता सफल पार्न फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा मुल आयोजक समारोह तथा प्रतियोगिता संयोजक बत्ति गुरुङको संयोजकत्वमा विभिन्न १२ वटा उपसमितिहरु गठन गरिएको सो अवसरमा जानकारी दिइयो । व्यवस्थापन समितिका सचिव शिव जिसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button