अन्नपूर्ण सिटी क्लिनिकमा बाथ उपचार सेवा

पोखरा/

पोखराको महेन्द्रपुलमा रहेको अन्नपूर्ण सिटी क्लिनिकले बाथ उपचार सेवा सुरु गरेको छ । वाथ रोग विशेषज्ञ डा असीम बाटाजूले हरेक दिन बेलुका ४ बजेदेखि ७ बजेसम्म सेवा दिन आरम्भ गरेका हुन् ।

मणिपाल शिक्षण अस्पतालबाट इन्टरनल मेडिसिनमा एमडी गरेका बाटाजूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाथरोगमा दुई वर्षे फेलोसिप गरेका छन् । वाथ रोग विशेषज्ञ डा बाटाजू वाथ रोग लाग्दा हातका औंलाहरु दुख्ने, सुन्निने, राति, बिहान ढाँड दुख्ने, घुँडा दुख्ने, सुन्निने, शरीर गल्ने, थाक्ने, मांसपेशीहरु कमजोर हुने, छालामा डाबर आउने जस्ता लक्षण देखिने बताउँछन् ।

२०७७ साउनमा स्थापना भएको अन्नपूर्ण सिटी क्लिनिकमा गौतम पेट तथा कलेजो रोग विशेषज्ञ डा दिनेश, मुटुरोग विशेषज्ञ डा कमल कुमाल, दुखाइ रोग विशेषज्ञ डा कृष्णमुरारी अधिकारी, छाला तथा यौन रोग विशेषज्ञ डा रञ्जु पोखरेल, स्त्री तथा प्रसूति तथा निसन्तान रोग विशेषज्ञ डा सरिता गुरुङ, फिजिसियन डा कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा मेघराज लामिछाने लगायतले सेवा दिइरहेका छन् ।

न्युरो फिजिसियन डा अभिनाश चन्द्र काठमाडौंबाट आएर बेला बेलामा सेवा दिने गरेका छन् । यहाँ विशेषज्ञ चिकित्सकको सेवासहित गुणस्तरीय प्रयोगशाला, भिडियो एक्सरे, एक्सरे, एको, फार्मेसी लगायतका सेवा उपलब्ध छन् । यसैबिच, आगामी वैशाख गते २० गते शनिबार वरिष्ठ मधुमेह, थाइराइड तथा हर्माेन विशेषज्ञ डा उमानाथ अधिकारी अन्नपूर्ण आउने भएका छन् ।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button