राष्ट्रिय सहकारी दिवस कास्कीमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइयो, अन्तिम दिन प्रभातफेरी

पोखरा ।
६८ औं राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रमसहित मनाइएको छ । जिल्ला सहकारी सङ्घ कास्कीको आयोजनामा सप्ताहव्यापी कार्यक्रम सहित ६८ औं राष्ट्रिय सहकारी दिवस मनाइएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन प्रभातफेरी ¥याली सहितको कार्यक्रमको आयोजना गरियो ।
कास्की जिल्ला सहकारी सङ्घ लिमिटेड अध्यक्ष तथा ६८ औं राष्ट्रिय सहकारी दिवस मूल आयोजक समितका संयोजक दीपकराज बाँस्तोलाले सप्ताहव्यापी कार्यक्रम चैत्र १४ गतेबाट सुरु गरिएको खुलाए । पहिलो दिनमा पत्रकार सम्मेलन, दोस्रो दिन बुद्धिचाल प्रतियोगिता, चैत्र १६ गते अन्तर विद्यालय स्तरीय निबन्ध प्रतियोगिता, १७ गते बृहत् साइकल ¥याली, १८ गते रक्तदान कार्यक्रम मार्फत १ सय ४४ युनिट रगत सङ्कलन र चैत्र १९ गते बृहत् सरसफाइ कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले उल्लेख गरे ।
बाँस्तोलाले मिडियाले सहकारीको बारेमा नकारात्मक सन्देशहरू बढी प्रवाह गर्ने गरेको आरोप लगाउदै मिडियामा आएको जस्तो नभएर २, ४ वटा सहकारीमा मात्र समस्या रहेको दावी गरे । विशेष गरेर बाहिरबाट आएर यहाँ सञ्चालन गर्ने सहकारीमा बढी समस्या देखिएको कारणले सुशासनमा चलेका सहकारीहरूलाई पनि अप्रत्यक्ष असर परेको गुनासो गरे । हल्लाको पछि नलागिकन संस्थाको वास्तविक स्थिति के हो बुझेर मात्र कारोबार गर्न र हल्लाको पछि नलाग्न आग्रह गरे ।
पोखराको मानवअधिकारचोकबाट सुरु भएको प्रभातफेरी¥याली बिपीचोक, न्युरोड हुँदै सभागृह हलमा पुगेको थियो । ¥यालीमा सहभागी मध्ये उत्कृष्ट बन्नेलाई पुरस्कृत समेत गरियो । जिल्ला सहकारी सङ्घ कास्कीमा ४ सय ४१ वटा सहकारी आवद्ध छन् । सङ्घमा आवद्ध ४ वटा सहकारी समस्या ग्रस्त सूचीमा रहेको जनाइएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ कार्यक्रम आयोजना भएको हो ।