कास्कीमा लागू औषध नियन्त्रण महाअभियान सुरु, ६ महिना सम्म चल्ने अभियानमा कुल ४७ वटा कार्यक्रम सञ्चालन हुने

पोखरा
कास्कीमा लागू औषध नियन्त्रण महाअभियान २०८१÷२०८२ सुरु भएको छ । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार एक कार्यक्रमकाबीचमा शुभारम्भ गरे । अभियान ६ महिनासम्म सञ्चालन हुनेछ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले जसलाई पर्छ उसलाई नै यसको पीडा थाहा हुने भन्दै समयमै सचेतना अपनाएर रोक्न सकेको खण्डमा यो पीडा र दर्दबाट परिवार व्यक्ति र समाजलाई मुक्त्त गर्न सकिने बताए । गण्डकी प्रदेशमा दुव्र्यसनीको सङ्ख्याको हिसाबले कास्की अगाडि रहेको उनको भनाइ थियो । गत आर्थिक वर्ष ०८१÷०८२ को तथ्याङ्क प्रस्तुत गर्दै उनले कुल २ सय ८५ मुद्दा दर्ता भएकोमा १ सय ८५ कास्कीको मात्र रहेको खुलाए । कास्की अन्य जिल्लाको तुलनामा लागू औषधका दुव्र्यसनमा फसेको देखिएकोले सबै गम्भिर बन्नुपर्ने आवश्यकता देखिएको बताए । लागूऔषधको कारोबार गरेको आरोपमा केही मेडिकल व्यवसायीले मुद्दा समेत खेपीरहेकोले यसमा व्यवसायी पनि सचेत हुनुपर्ने उल्लेख गरे । पहिलो दायित्व परिवारबाट नै हुने भएकोले परिवारका सदस्यको गतिविधिलाई निगरानी गरिरहनुपर्नेमा जोड दिए । बाबुनानीलाई साथीभाइसँग भन्दा पनि परिवारमा घुलमिल गर्न सकेको खण्डमा कुलतमा फस्नबाट जोगाउन सकिने विश्वास उनले गरे ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले आफ्नो परिवारमा नै घटेको घटना स्मरण गर्दै लागू औषधका कारण भइरहेका घटनाहरूको बारेमा स्मरण गराए । उनले विशेष गरेर सम्पन्न परिवारमा यस्तो समस्या बढी देखिने गरेको औँल्याए । यसले परिवारलाई मात्र नभएर समाजमा समेत नकारात्मक प्रभाव पार्ने गरेको बताए । आजबाट सुरु हुने अभियानले विद्यालय समाजमा टोल टोलमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । यसकै कारण चोरी डकैतीका घटना समेत हुने गरेको भन्दै लागू औषध नियन्त्रणको लागि सचेतना फैलाउन गण्डकी प्रदेश सरकारले समेत काम गरिरहेको उनले खुलाए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हरेक परिवारले आफ्ना सन्तानको अवस्था के छ भनेर निगरानी राख्नुपर्ने बताए । बढी मात्रामा ३५ वर्ष भन्दा मुनिको उमेर समुह यसको कुलतमा फस्ने गरेको भन्दै आफ्ना बाबु नानीको सङ्गत कस्तो छ बानी व्यवहारमा के परिवर्तन आएको छ लगायतका कुरामा ध्यान दिनुपर्नेमा जोड दिए । बढी मात्रामा हुने खाने वर्गका छोराछोरीमा यस्तो समस्या आउने गरेको भन्दै सचेतना अभियान मार्फत जनचेतना फैलाउनु पर्ने बताए । महानगर पालिकाले सामुदायिक प्रहरीले गर्ने ६ महिनाको अभियानमा साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सुर्तीजन्य पदार्थ नियमन सम्बन्धी कानुनले विद्यालय, सामाजिक प्रतिष्ठान, सार्वजनिक संस्थानहरूको १ सय मिटरको सेरोफेरोमा विक्रि वितरण गर्न निषेध गरिएको स्मरण गराए । त्यसलाई कार्यान्वयनमा ल्याउन स्थानीय प्रशासनले अभियान चलाएको भन्दै यसले नियन्त्रणमा सघाउ पु¥याएको बताए । सबैजना सचेत भएमा लागू औषध नियन्त्रण गर्न सकिने अनुभव रहेको समेत खुलाए ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले विभिन्न कारणले युवाहरू लागू औषधको दल दलमा फस्ने गरेको बताए । सचेतना कार्यक्रमको कारणले कास्कीमा विगतको तुलनामा लागुऔषध सम्बन्धी मुद्दा घटेको उनको दावी छ । यसलाई न्युनिकरण गर्न सचेतनामुलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले गरे । विगत छ वर्षको तुलनामा ०७८÷०७९ मा लागू औषध उच्च अवस्थामा पुगेको र त्यसपछि क्रमश घट्दै गएको खुलाए । यो आर्थिक वर्षमा कास्कीमा ६७ वटा मुद्दा दर्ता भएको बताए । ती मुद्दामा ८३ जना पक्राउ परेकोमा १२ जना महिला रहेको उनले उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त्त आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा कास्की मोडनाइज्ड एकेडेमीका विद्यार्थीको नृत्य, पोखरा थिएटरका कलाकारले सडक नाटक र लोक दोहोरी कलाकार शिवहरी ढुङ्गानाले गायन प्रस्तुती राखेका थिए ।
सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिमिल्सिना, हाम्रो परिवार नेपालका सञ्चालक शिव न्यौपाने लगायतले बोलेका थिए । ६ महिना सम्म चल्ने अभियानमा कुल ४७ वटा कार्यक्रम सञ्चालन हुनेछन् । औपचारिक समारोह अगाडि पोखराको पृथ्वीचोकबाट प्रभातफेरी ¥याली निकालिएको थियो । ¥याली नयाँबजार, प्रदर्शनी केन्द्र हुँदै सामुदायिक प्रहरी सेवा केन्द्रको प्राङ्गण शान्तीवनमा पुगेको थियो ।