पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान गर्न पोखरा चेम्बर अफ कमर्स कास्कीको ध्यानाकर्षण

पोखरा ।

पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि लिनुपर्ने नीति, कार्यहरुबारे अन्तक्र्रिया गरेको छ । कार्यक्रममा उद्योगी, व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको संस्थाका अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले मन्त्रालय सम्हालेपछि विमानस्थल सञ्चालन र व्यवस्थापनमा ध्यान दिएको उल्लेख गरे । ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्न प्रधानन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छौं,’ उनले भने, ‘सबै सरोकारवालाले प्रधानमन्त्री ओली, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर फर्केपछि मन्त्रालयमा सबै बसेर आगामी कार्यदिशा तय गरेका छौं ।’

उनले लुम्बिनी प्रदेशको ठाकुरद्वारामा हुने अन्तर प्रादेशिक बैठकमा समेत विमानस्थलको सवाल उठाउने जानकारी दिए । सबै पर्यटन व्यवसायीलाई परेको जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उनले सरोकारवालाको बैठक राखेर कार्यक्षेत्र विभाजन गरेर अभियानलाई अगाडि बढाउन आग्रह गरे ।

पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्न यात्रु पु¥याउनका लागि समेत ध्यान दिनुपर्ने उनले उल्लेख गरे । मन्त्री बस्यालले पर्यटन प्रवद्र्धनका लागि आफ्नोभन्दा पोखराको पर्यटन व्यवसायीको धेरै अनुभव भएको बताए । उनले कास्कीको पुँडीटार र नवलपुरको लोकाहाका औद्योगिक क्षेत्र निर्माणका लागि पहल भएको जानकारी दिए ।

पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष बास्तोलाले विमानस्थल चल्न नदिनको लागि षड्यन्त्र भएको आरोप लगाए । विमानस्थल नचल्दा पर्यटन प्रवद्र्धनका अलवा समग्र उद्योग व्यवसायमा असर परेको उनले उल्लेख गरे ।

पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष गोकर्ण कार्कीले पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गर्न १० ठाउँमा मागपत्र पेश गरेको जानकारी दिए । उनले मन्त्री बस्यालसँगको पहलमा दबाबमूलक कार्यक्रम गरेको बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेल, उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्य, वाणिज्यतर्फका उपाध्यक्ष श्याम मल्ल, महासचिव गोकर्ण अधिकारी, कोषाध्यक्ष जीवन ढुंगाना, सल्लाहकारहरु प्रवेशचन्द्र उप्रेती र विष्णुप्रसाद बास्तोला, संस्थापक कोषाध्यक्ष कमल बस्नेत, कार्यसमिति सदस्य कृष्णराज पोखरेल, पोखरेली टयाक्सी प्रालि अध्यक्ष शोभाकान्त पौडेल, महिला उद्यमी संघ कास्की अध्यक्ष सरु बराल, कास्मेटिक व्यवसायी संघ कास्की अध्यक्ष दुर्गा बराल, फर्निचर व्यवसायी थमनारायण अर्याल लगायतले निजी क्षेत्रका समस्या र पोखरा विमानस्थलबारे धारणा राखेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button