एनटिएचएमसिको विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण सम्पन्न

पोखरा ।

नेपालकै प्रतिष्ठित पोखरामा स्थापना गरिएको पहिलो होटल म्यानेजमेन्ट कलेज नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा शनिबार स्नातक तहका विद्यार्थीलाई स्वागत तथा ओरियन्टेशन सम्पन्न गरिएको छ । विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कर्मा गुरुङ, कृष्ण थापा, अनिल सुवेदी, कलेज विभागीय प्रमुख, शिक्षकहरु, पत्रकार दुर्गा हुमागाइले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।

बीएचएम, बीबीए तथा बीबीए फिनान्स १८० विद्यार्थी तथा उनीहरुका अभिभावक, पाहुनासहित करिब ४ सयको संख्यामा रहेका सबैले शिक्षा, व्यवहारिक, व्यावसायिक तथा जिवनोपयोगी परामर्श लिएका छन् । उनीहरुलाई काठमाडौंबाट पोखरा निम्त्याईएका मोटिभेशनल स्पिकर रञ्जित आचार्यले जिवनोपयागी परामर्श दिएका हुन् ।

कार्यक्रममा सहभागिहरुलाई कलेजका अध्यक्ष अशोक पालिखेले स्वागत गर्दै पोखरालाई शिक्षाको शब बनाउन, पर्यटन विकासमा टेवा पुर्याउन, दक्ष जनशक्तिको उत्पादन गर्न र स्वरोजगार बनाउने उदेश्यले १९९९ मा कलेज स्थापना गरिएको बताए ।

कलेजले २५ औं वर्षगाँठको अवसरमा विभिन्न सिर्जनात्मक, शैक्षिक परामर्श, तालिम, कलेज बाहिरका प्रतियोगिताहरु र नतिजामा उत्कृष्टता हासिल गर्दै आएकोमा खुसि व्यक्त गरे ।

अध्यक्ष पालिखेले ११५ जना संचालकहरु जुटेर सानो कटेजबाट शुरु गरिएको कलेज अहिले नेपालकै सुविधा सम्पन्न कलेज र उत्कृष्ट कलेजको रुपमा स्थापित हुन प्रतिवद्ध शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरुको माया प्रगाढ रहेको बताए ।

पालिखेले भने, हालसम्म कलेजबाट १८ सय विद्यार्थी पास भएर स्वदेश तथा विदेशका फाईब, सेभेन स्टार होटलहरुमा म्यानेजर भएर काम गरिरहेको कुरा सुनाउन पाउँदा गर्व लाग्ने गरेको बताए । उनले अभिभावकलाई मोटरबाईकभन्दा कलेजले पोखराको कुनैपनि उपयुक्त स्थानबाट बसबाट निःशुल्क ल्याउने लैजाने व्यवस्था गरेकोले यो कुरालाई मनन् गर्न आर्थिक व्ययभारबाट जोगिन सुझाए ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले हामीले आफ्नो तर्फबाट कुनै प्रकारको शिक्षा, प्रयोगात्मक अध्ययन, कुनैपनि प्रकारको व्यवस्थापन, सिर्जनात्मक कार्यहरु, तालिम वा प्रतियोगिताहरुमा कम्प्रोमाइज नगरेको बताए ।

रेग्मीले छोराछोरीहरु कलेजमा गएका छन् । पढिरहेका छन् भनेर नबस्न अभिभावकहरुलाई आग्रह गरे । हामीसंगको समयबाहेकको समयमा उनीहरुले के गरिरहेका छन् भनेर सरकात्मक निगरानीको खाँचो भएको औंल्याए ।

प्रिन्सिपल रेग्मीले भने, अब त उनीहरु व्याचलर पढ्ने भए भनेर नबस्नुस्, कलेजका बेला बेलामा आउनुस्, बुझ्नुस् । हाम्रा फेकल्टि प्रमुखहरुहरु हुनुहुन्छ उहाँहरुसंग बुझ्नुस् । अध्यक्ष पालिखे सरसंग वा म प्रिन्सिपल पनि यही नै हुन्छु ढुक्कले आउनुस् छलफल गरौं । यसो गर्दा झनु सामिप्यता बढ्छ र केही समस्या भएको खण्डमा समाधान गर्न सजिलो हुन्छ ।

कलेजमा भर्ना वा तालिम नै किन नहोस् खुलेको तीन चार घन्टामै सिट प्याक भयो भन्नुपर्ने अवस्था छ । य समा हामीलाई दुःख पनि लागिरहेको छ । किनभने अधिकभन्दा अधिक विद्यार्थीलाई पढाउन पाए हुन्थ्यो । तर सिट लिमिटेसनको कारण चाहिने संख्या पुग्दा भर्ना बन्द गर्नुपर्ने हुन्छ ।

हामीकहाँ भर्नाको बेलामा पनि विद्यार्थीको मात्रै होईन अभिभावकको पनि अन्तरवार्ता हुन्छ । सबै कुरा खुलस्त पार्ने संस्कार कलेजमा बसालेका छौं, रेग्मीले भने ।

कार्यक्रममा कि स्पिकर रञ्जित आचार्यले मान्छे बन्नका लागि असल गुणको आवश्यक्ता पर्ने भएकोले जिवनमा प्रगति गर्नएका लागि तपाँईले के चाहनु भएको छ त्यसैमा दत्तचित्त भएर लाग्न सुझाए । इच्छा के हो ? पत्ता लगाउनस् । जब तपाँईले आफुलाई चिन्न हुन्छ त्यसपछि तपाँईले सफलता प्राप्त गर्न सक्नुहुनेछ । जहिले पनि नाई भन्ने होईन । हुन्छ वा म सक्छु भनेर अगाडी बढ्ने हो । जो यथास्थितिमा रहन खोज्छ उ पछि पर्छ र कसैले उछिनेर अगाडी जान्छ । अर्को कुरा आफैले आफैलाई च्यालेन्ज गर्नुस्, मोटिभेटर आचार्यले भने, सफलताका लागि धैर्यता राखे, प्रतिवद्धता जनाए र कमिटमेन्ट गर्ने बानिको विकास गर्नुस् । आचार्यले परिवर्तनका लागि आफैं तयार हुनुपर्ने, अनुशासनमा रहनुपर्ने तथा सधैं उत्कृष्टताको लक्ष्य लिनुपर्ने बताए । सो अवसरमा उनले भने, अढि बढेर गर्नुस्, इच्छा जगाएर गर्नुस् परिवर्तन र सफलता संभव छ ।

कलेजका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्जु कुँवरले संचलन गरेकी थिईन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button