साफ च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रबेश

पोखरा कार्तिक ११/ नेपाल महिला साफ फुटबलको फाईनल प्रवेश गरेको छ ।आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हो ।आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक(एक बराबरीमा खेल सकिएको थियो।

पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण अवरोध भएको खेल १७८ मिनेट सम्म लम्बिएको थियो।

नेपाल र भारतबीच साफको सेमिफाइनलमा दोस्रो पटक प्रतिस्पर्धा भएको हो। सन् २०२२ मा दशरथ रंगशालामै भएको सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेको थियो। यद्यपि नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७(१ ले हराएर दोस्रो पटक फाइनलमा स्थान पक्का गरेको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button