आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल अमेरिकासँग ३ विकेटले हारे

 

आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र संयुक्त राज्य अमेरिकाका पुरुष राष्ट्रिय टोलीबीचको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले हारेको छ।

अमेरिकाको ड्यालसमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरमा २८६ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अमेरिकाले २ बल बाँकी छँदा ७ विकेट गुमाउँदै २९१ रन बनाई लक्ष्य पूरा गर्‍यो।

दोस्रो इनिङ्समा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए पनि जितका लागि त्यो पर्याप्त भएन।
पहिलो इनिङ्सको अन्तिम बलमा आउट भएका कप्तान रोहित पौडेलले नेपालका लागि सर्वाधिक ९६ रन बनाएका थिए।

यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २-२ खेल खेल्दै छ। शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डले अमेरिकालाई १० विकेटले हराएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button