लेखनाथ उद्योग वाणिज्य २८ औ साधारण सभा : मझौला ब्यवसायिलाई हौसला दिने खालको अर्थनिती आवस्यक

लेखनाथ।

लेखनाथ उद्योग वाणिज्य संघले शनिवार आफनो २८ औं वार्षिकोत्सव मनाएको छ । सभाको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले मझौला ब्यवसायिलाई हौसला दिने खालको अर्थनिती आवस्यक रहेको बताएका छन् ।

अर्थतन्त्रको मेरुदण्ड भनेको ब्यवसायि हुन भनेर राज्यले भन्ने तर ब्यवसायिको हक हितका सवालमा स्पष्ठ निती नआउदा ब्यवसायिहरुमा उत्साहा नजागेको बताउदै उनले ठुला ब्यवसायिको भन्दा पनि मझौला ब्यवसायिलाई माथी खालको निती आवस्यक परको वताएका हुन् ।

ब्यापार ब्यवसायमा कर छली देखि नक्कली उत्पादन र काला वजारी गर्नेहरुले नियमको परिदीमा रहेर ब्यापार गर्ने असल ब्यवायीहरु मर्का परेका प्रशंग उठाउदै पुर्व अध्यक्ष मुल्मीले नियम मिचेर ब्यवसाय गर्ने ४० प्रतिशत ब्यवसायीले असल ब्यवसायिलाई माथी उठ्न नदिएकाले यस तर्फ सरकार चनाखो हुनु पर्ने सुझाव राखेका थिए ।

राजनितीक अस्थीरताका कारण देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको र यसको प्रतक्ष्य मारमा ब्यवसायि परेकाले अवका दिनमा अर्थतन्त्रलाई चलायमान बनाउनका लागि राष्ट्रिय उत्पादन अनिवार्य छ उनको भनाई थियो ।

सोही अवसरमा गण्डकी प्रदेशका पुर्व सासंद दिपक कोईरालले हाम्रो देशमा दलिय प्रणाली भएकाले देश चलाउने राजनितीक पाटी नै हो यहिले एउटा पाटीले गरेन भने आर्को पाटी अवस्य आउछ त्यसैले हामी सवैले दलहरुलाई राज्य संचालनको प्रणालीका बारेमा खवरदारी गरेर अर्थतन्त्रलाई सघाउने खालको निती ल्याउनका लागि सवै दलहरुलाई निर्देशन दिनु पर्ने धारणा राखेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठले लेखनाथ क्षेत्रको विकासमा उद्योग बाणिज्य संघले खेलेको भुमिका बारेमा चर्चा गर्दै समग्र कास्की जिल्लाको विकासका लागि पर्यटकिय गतिविधीलाई वढाउने खालेका योजना ल्याउनु पर्नेमा स्ुझाव राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष कमल नयन गौतम,लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष चतुराखर अधिकारी,वावुराम गिरी, पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,परोपकार समन्वय सस्थाका अध्यक्ष देवराज पन्थि र सम्पुर्ण महिलाहरुको तर्फबाट सावित्र भटराई लगाएतले ब्यवसायको क्षेत्रलाई निरासाबादी भएर आसावादी भएर अगाडी वढ्नु पर्नेमा विचार राखेका थिए ।

संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिईन भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।

तिन सष्टा सम्मानित

लेखनाथ उद्योग बाणिज्य संघ संरक्षक रहेर स्थापना गरिएका तिन पुरस्कारबाट तीन सष्टा सम्मानित भएका छन् । संघको वार्षिक साधारण सभामा वितरण गरिदै आएको संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले स्थापना गरेको चन्द्र लक्ष्मी जेष्ठ नागरिक सन्मान पुरस्कारबाट चौथो पटक काठमाडौका रामकृष्ण कर्माचार्य सम्मानित भएका छन् । जेष्ठ नागरिक समन्वय सस्थाका केन्द्रिय अध्यक्ष रहेको कर्माचार्यलाई रु एक लाख एक हजार नगद सहित सन्मान पत्र र दोसल्ला रहेको छ । यसैगरि संघका पुर्व कार्यसमिति सदस्य कृष्णप्रसाद ढुगानाले स्थापना गरेको वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने संघ सस्थाहरु मध्यबाट यो वर्ष राष्ट्रिय परोपकार महासंघका संरक्षक भागवत भास्कर कमल नयन गौतम र संघका पुर्व कार्यसमिति सदस्य सुर्यमणि लामिछाने स्वर्गीय वुवा आमाको स्मृतीमा पहिलो पटक स्थापना गरेको शालिकराम पार्वतीदेवि आर्थीक पत्रकारीता पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद सम्मानित भएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button