अभिनेता माओत्से गुरुङलाई साँस्कृतिक रुपान्तरण पुरस्कार

पोखरा  ।

अभिनेता माओत्से गुरुङलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । बोर्डले ‘साँस्कृतिक रुपान्तरण पुरस्कार २०८१’ बाट उनलाई सम्मान गरेको हो ।

विगत लामो समयदेखि चलचित्र क्षेत्रमा समर्पित रही सामाजिक न्याय नागरीक सशक्तीकरण मानव अधिकारको प्रबद्र्धन तथा नेपाली समाजको साँस्कृतिक रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै बोर्डले सम्मान गरेको खुलाएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा उनलाई नेपाल सरकारका प्रवत्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मान अर्पण गरे । बोर्डले संविधान दिवसको अवसर पारेर अभिनेता गुरुङ सहित १२ जनालाई सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा निर शाह, तुलसी घिमिरे, हरिवंश आचार्य, श्याम तमोट, लोचन भट्टराई, देशभक्त खनाल, कविता आले, रमेशरञ्जन झा, ऋदिचरण श्रेष्ठ, प्रेमा अधिकारी र विकास चौधरी रहेका छन् ।

विकास बोर्डका अध्यक्ष दीनेश डिसीको अध्यक्षतामा भएको सम्मान अर्पण कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव राधिका अर्याल विशेष अतिथिको रुपमा उपस्थित थिइन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button