समता साङ्गीतिक कार्यक्रमको शतक शृङ्खला भव्य बनाउने तयारी

भदौ २६, पोखरा ।

समता साङ्गीतिक कार्यक्रमको शतक शृङ्खला पोखरामा हुँदैछ । प्रत्येक दुई महिनाको दोश्रो शनिबार गरिंदै आएको यो कार्यक्रमको शतक शृङ्खलालाई भव्य बनाउने तयारी गरिएको छ । ‘साहित्य, कला र सङ्गीतको उत्थान, हाम्रो प्रण’ मूल नारा साथ पोखरामा झण्डै पाँच दशकदेखि तीनवटै विधामा क्रियाशील पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरा इभेन्ट सेन्टरको सभाहलमा कन्दरा ब्यान्डले गीत, सङ्गीत प्रस्तुत गर्नेछ ।

धर्मराज थापा, अरुण थापा, सरोज गोपाल बज्राचार्य, विनोद गौचनको सम्झनामा रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, रजनी ऋदम राई, सन्तोष बस्याल लगायतको प्रस्तुती रहने परिवारका सङ्गीत संयोजक एम डि काफ्लेले जानकारी दिए ।

अग्रजहरूको सम्मान र समता साङ्गीतिकको शतक शृङ्खला विशेष गर्न लागेको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए । उक्त साङ्गीतिक कार्यक्रममा पुग्ने सबै गीतसङ्गीत प्रेमीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । भदौ २८ गते शुक्रबार अपरान्ह साढे ४ बजे सुरु हुने कार्यक्रममा समयमै उपस्थितिको लागी अध्यक्ष पौडेलले अनुरोध गरेका छन् ।

पोखरा महानगरपालिका प्रर्वद्धक रहेको कार्यक्रमको सहआयोजकमा सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश, गण्डकी प्रज्ञा प्रतिष्ठान र सुजल डेरी रहेका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button