पोउवा अध्यक्षका प्रत्यासिहरुद्वारा पर्यटन व्यवसायीसंग भेटघाट
पोखरा, २६ भदौ ।
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३५ औं महाधिवेशनका लागि उम्मेदवारहरु आफ्नो प्रचार अभियानमा व्यस्त भएका छन ।
निर्वाचनमा २०५५ सालदेखि संघमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न हुँदै विभिन्न पदमा रहेर काम गरिसकेका हालका वरिष्ठ उपाध्य गोकर्ण कार्कि अध्यक्षका प्रत्यासि रहेका छन् ।
अघिल्लो पटक पवन प्रजापतिसंग पराजित भएका पूर्व महासचिव अर्जुन पोखरेल टिमसहित चुनावि मैदानमा उत्रिएका छन् भने केहि निर्विरोध भई सकेका छन् । तर आधिकारीक घोषणा भने गरिएको छैन ।
उम्मेदवारहरु प्रचारमा गइरहँदा यहाँ हुने विभिन्न कार्यक्रममा सरिक भएर प्रचारको मेलो सार्ने गरेका छन् ।
आफुलाई पदिय क्रमानुसार र स्वभावतः प्राकृतिक न्यायको सिद्धान्त अनुसार वरिष्ठ उपाध्यक्षपछि पुग्ने ठाउँ अध्यक्षको पद नै भएको बताउने गोकर्ण कार्कि डेङ्गुको उपचारसंगै सामाजिक संजाल, फोन र सकेका कार्यक्रममा सरकि भएर मत मागिरहेका छन् । बिगतका निर्वाचनमा आकर्षक मत पाएर जित हाँसिल गरेको कार्कि यसपटक अध्यक्षका लागि व्यवसायीबाट सोहि माया पाउनेमा ढुक्क छन् ।
मंगलबार नेपाल हवाई खेलकुद संस्थाको १२ औं साधारण सभा तथा १० औं अधिवेशनमा पुगेर पोखराका पर्यटन व्यवसायीसंग प्रतिकुल स्वास्थ्य हुँदाहुँदै र उपचारकै क्रममा रहेको जनाउँदै व्यवसायीसंग भेटघाट र सहयोगको अपेक्षा व्यक्त गरे ।
आफ्ना मुद्धाहरुमा कृषि, उत्पादनका क्षेत्रहरुको पहिचान र उत्पादन तथा उत्पादित बस्तुहरुको ब्राण्डिङ र बजारिकरण विशेष चासो जाहेर गरेका कार्किले आर्थिक चुनौतीको प्रसव पिडामा रहेका व्यवसायीसंग संगै हिडेर केहि फरक काम गर्न चाहेको बताए ।
पोखराको लागि नीजि क्षेत्र कहिल्यै पछि पर्दैन । अब तीनै तहका सरकारसंग र विशेष पर्यटकीय राजधानी पोखराको लागि स्थानीय सरकारसंग साझेदारी गरेर काम गर्न आत्तुर रहेको बताए । उनले भने, केहि काम त भएको छ । पोखरा महानगरपालिको व्यावसायिक प्रवर्धन केन्द्रसंग साझेदारीमा काम भएको छ । अन्य धेरै विषयहरुसंग जोडिएर कार्य गर्न सकिने संभावना पनि देखेको कार्किले बताए ।
छुट्ने बेलामा कार्किले भने, प्राकृतिक रुपले, न्यायीक रुपले र स्वयंसिद्ध तथ्यले क्रमअनुसार मेरो पुग्ने ठाउँ अध्यक्षको पद नै भएकोले सहयोगको अपेक्षा व्यक्त गरे ।
यसैबीच अध्यक्षका प्रत्यासि पूर्व महासचिव अर्जुन पोख्रेल पनि आफ्ना १६ बुँदे प्रतिवद्धतासहित टिम बनाएर चुनावमा होमिएका छन् । उनको पक्षका उपमहासचिव बाहेक पदाधिकारी निर्विरोध भईसकेका छन् ।
चुनाव प्रचारको क्रममा आज उनले नेपाल हवाई संस्थाले आयोजना गरेको १२ औं साधारण सभा तथा १० अधिवेशनको मौकामा त्यहाँ जम्मा भएका पर्यटन व्यवसायीसंग नेतृत्वमा जानका लागि मत मागे ।
म पर्यटन व्यवसायी पनि हुँ । उनले भने, “पर्यटन क्षेत्रको मतको हकदार पनि म नै हुँ ।” विविध समस्याहरुसंग गुज्रिरहेको आर्थिक अवस्था र त्यसको मारमा परेका व्यवसायीको हितको पक्षमा काम गर्ने दृढ इच्छा जागेको उनले बताए ।
पोखरेलले बोल्दै गरेको अवस्थामा मञ्चमा प्रमुख अतिथिको आसनमा बसेका गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले पोखरेललाई आफ्नो टिममा भएका साथीको परिचय पनि गराउनु पर्यो भनेपछि उनले सबैलाई उठ्न लगाएर परिचय गराएका थिए ।
अघिल्लो निर्वाचनमा पवन प्रजापतिसंगको प्रतिष्पर्धामा पछि परेका पोखरेल यसपटक अध्यक्ष बन्नेमा ढुक्क भएको बताए । मैले हर समस्या समाधानका लागि टिम बनाएर हिंडेको छु मलाई कुनै अफ्ठेरो छैन उनले भने।