पहिरोले पुरिएर आमा बाबु गुमाएका ९ बर्षका बालकलाई अर्थ मन्त्री बरालद्धारा भेट

पोखरा २२, भदौं । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पहिरोमा पुरियर आमा, बाबु र भाई समेत गुमाएका राजकुमार श्रेष्ठलाई भेट्नु भएको छ । यही भदौं १७ गतेको पहिरोले पुरियर परिवार नै गुमाएर टुहुरो भएका श्रेष्ठकोे मणिपाल शिक्षण अस्स्पतालमै पुगेर मन्त्री बरालले भेटघाट गर्नु भएको हो ।

बालका हालसम्म उनका आफन्तहरु नआएकोले उनको उपचारमा सहयोग गर्ने स्थानिय सुनिल आचार्य र महेन्द्र खत्रीलाई मन्त्रीले धन्यवाद दिदै उनको उपचारमा अस्पताल प्रसासनले समेत सहयोग गर्नुपर्ने बताए ।

प्रहरी हवल्दार खगेन्द्र पन्तले बाढी पहिरोमा परी घर वार विहिन भएका अति दुःखि र गरिबहरुको लागि अस्पतालमा उपचार गर्न कठिन हुन गरेको गुनासो गरे । अस्पतालहरुले १० प्रतिशत जसो सामाजिक उत्तरदाहित्व वहन गर्नुपर्ने प्रबधान हुदा यसको समयमै मुल्याङकन नहुदा निजी अस्पतालहरु यस प्रति खासै चासो नदिने गरेको स्थानियको गुनासो रहेको छ । कक्षा दुईमा अध्ययनरत राजकुमार श्रेष्ठको हाल टाउको र हात खुट्टामा सामान्य चोट लागेको छ भने अबको केही दिनमा उनको डिस्चार्ज हुने भएको स्थानिय सुनिलले बताए ।

पोखरा २० भलाम स्थित ¥यालेचौरमा पहिरोले पुरिदा उनका बाबु बुधबार दिउँसो देखि परेको अविरल बर्षादको कारण पोखरामा एकै परिवारका श्रीमान श्रीमती, आमा छोरा सहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० भलाम स्थित ¥यालेचौरमा उनका बाबु ४५ बर्षीय कृष्ण श्रेष्ठ, आमा ३७ बर्षींया सुनमाया तामाङ र भाई ३ बर्षका सन्तोस कुमार श्रेष्ठ पहिरोमा परी मृत्यु भएको हो ।

पहिरोमा परी सवै परिवार गुमायर बाच्न सफल भएका ९ बर्षका बालकको व्यबस्थापनको लागि पहल भई रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button