शुक्रबार मात्रै ५ सय ९३ जनामा कोरना संक्रमण

पोखरा, १२ असार

कोरोनाको संक्रमण नेपालमा शुक्रबार ५ सय ९३ जनामा पुष्टि भएको छ । जसमा १०७ जना महिला र ४८६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा पनि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १ जना महिला र २ जना पुरुष छन् । यस्तै बितेको २४ घण्टामा ८ महिला र ४० पुरुष गरी ४८ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म २७ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button