एनएचएमसिमा निःशुल्क तालिम लिएका विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण

पोखरा ।

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले आयोजना गरेको एक हप्ते निःशुल्क तालिम सकिएको छ ।

पोखरा महानगरपालिका १४ स्थित छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज एनटिएचएमसिमा आयोजना गरिएको तालिमका सहभागिलाई मंगलबार प्रमाणपत्र वितरण गरिएको छ ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मी, भाइस प्रिन्सिपल राजकुमार रेग्मी, बीएचएम कोअर्डिनेटर जोक बहादुर थापा, बीबीए कोअर्डिनेटर हरिहर पौडेल, प्लस टू कोअर्डिनेटर दिनेश यादव, एक्जाम कोअर्डिनेटर शुरेसराज अधिकारी, सेफ नारायण खड्का। सञ्जु कुँवर लगायतले वधाई दिदैं प्रमाणपत्र वितरण गरेका थिए ।

दश जोड दुईको परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको तालिममा विद्यार्थी ६ वटा विधाको सिप सिकेका छन् । उनीहरुले बारिष्टा, बेकरी, किचन, ग्राफिक्स डिजाईन, हाउसकिपिङ र रेष्टूरेन्टमा गरिने सर्भिसका बारेमा तालिम लिएका कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

तालिममा कास्कीसहित विभिन्न १७ जिल्लाका २७७ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरुको लागि कलेजसम्म जान, आउन र दिवा खाना निःशुल्क गरिएको थियो भने ६ वटा विधाका् तालिममा ६ वटा समूहमा विभाजन गरेर विधा अनुसारको सिप सिकाईएको थियो ।

हामीले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएका छौं । तालिमको लागि अनलाइनमा आव्हान गछौं र आउन चाहनेको माग धेरै भएकोले जति लिन चाहेको त्यो संख्या छोटो समयमै पूरा हुने गरेको प्रिन्सिुपल रेग्मीले बताए ।

हामीसंग सिट संख्या सिमित छ तर माग बढी हुने गरेको छ । अहिले नै कलेजमा कसरी छिर्न सकिन्छ भनेर इन्क्वायरी भईरहेको छ । प्रिन्सिपल रेग्मीले भने, बीबीए, बीबीए फिनान्स, बीएचएमका लागि अर्को अप्ता भर्ना खुल्ने तयारी भईरहेको छ । बीबीए, बीबी फिनान्सका ४३, ४३ विद्यार्थी भर्ना गरिन्छ । उनीहरुको अभिभावकसहित अन्र्तवार्ता पनि हुन्छ । यो पढाई गैह्रापाटनमा रहेको कलेजको ए ब्लकमा हुन्छ भने बीएचएममा ८६ सिटमा भनाई गरिने उनले बताए ।

भाईस प्रिन्सिपल राजकुमार कार्किले सिपमूलक शिक्षाले कसैलाई पनि बेरोजगार बन्न नपर्ने भएकोले यसप्रकारका तालिम वा पढाईलाई निरन्तरता दिनुपर्छ । विद्यार्थीले पनि भोकेस्नल एजुशेसनलाई जोड दिुनुपर्छ ताकि स्वयं रोजगार बन्न सकिने पनि भईयो र अरुलाई पनि रोजगार दिन सकिने ठाउँमा पुग्न सकिन्छ ।

तालिम पूरा गरेको प्रमाणपत्र पाएपछि प्रशिक्षार्थीहरु सरोज राना, रिसिका परियार, प्रवेश गुरुङ, एलीना थापा, गेम इन्चार्ज सुलभ गुरुङ लगायतले तालिम फलदायी भएको बताए । टीचरहरुले हामीलाई विद्यार्थी भन्दापनि दाजुभाई दिदीबहिनीको रुपमा तालिम प्रदान गरेको क्षण कहिल्यै भुल्न नसकिने बताए । हामीले हस्पिटालिटि सिक्यौं । व्यावसायीक आचरण, सर्भिस र व्यवहारका कुराहरु सिक्यौं त्यो पनि निःशुल्क रुपमा । यसले हामीलाई आफ्नो जिन्दगी बनाउन धेरै प्रेरणा दिनेमा विश्वस्त रहेको र हौसला बढाएको बताए ।

बीएचएम दोश्रो व्याचका श्रीन्जु गुरुङ र कृपा ढकालले संचालन गरेको कार्यक्रममा विभिन्न विधामा गराईएको प्रतिष्पर्धामा वितेजा भएकाहरुलाई मायाको चीनो दिईएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button