क्वारेन्टाइनमा रहेका तनहुँका दुई पुरुषमा कोरोना संक्रमण

पोखरा ।

तनहुँको क्वारेन्टाइनमा दुई पुरुषलाई कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिका ठेगाना भएका वर्ष ३९ र ४० का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसँँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ ।

तनहुँका दुवै संक्रमित स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेको र अस्पताल लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

तनहुँमा आज भेटिएका २ सँँगै संक्रमितको संख्या ३ पुगेको छ । यसअघि जेठ १८ गते सोही गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button