मलमूत्रजन्य फोहोर व्यवस्थापनमा बढी शुल्क नलिन पोखरा महानगरको निर्देशन, लिएमा नियमानुसार कारबाही हुने

पोखरा ।
पोखरा महानगरपालिका क्षेत्रभित्र मलमूत्रजन्य फोहोरमैला व्यवस्थापन तथा विसर्जन सेवामा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिएको भन्ने जनगुनासोबारे महानगरपालिकाको ध्यानाकर्षण भएको छ। सोमबार सूचनामार्फत महानगरले नगरवासीलाई सतर्क रहन आग्रह गर्दै सम्बन्धित व्यवसायीहरूलाई सम्झौता अनुसारको शुल्क मात्र बुझाउन निर्देशन दिएको छ।

महानगरले आर्थिक ऐनमा मलमूत्रजन्य फोहोर विसर्जनको लागि तोकिएको शुल्क प्रति ट्याङ्कर ५ हजार ५ सय रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) सहित ६ हजार २ सय १५ रुपैयाँ मात्र लिने व्यवस्था रहेको जनाएको छ। महानगर क्षेत्रका केही सेवा प्रदायकहरुले सम्झौता विपरीत मनपरी शुल्क असुल गर्दै आएको भन्दै स्थानीयहरुले गुनासो गर्दै आएका छन्।

सम्झौता विपरीत शुल्क असुल गर्ने र फोहोर व्यवस्थापनमा अवरोध पुग्ने कुनै पनि गतिविधि भए÷गरेको पाइएमा नियमानुसार कारबाही हुने जानकारी दिएको छ ।

नागरिकलाई कुनै पनि गुनासो वा जानकारीका लागि महानगरले तोकेको सम्पर्क नम्बरहरूमा प्रत्यक्ष सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button