श्री गण्डकी कोटिहोम महायज्ञअन्तर्गत भूमी पुजन तथा यज्ञ कुण्ड निर्माण सुरु, बिहिबारबाट देवी प्रतिभाबाट कथावाचन हुने

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १७ मा वैशाख १७ गतेदेखि जेठको २६ गते सम्म हुने श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमी पुजन आज सम्पन्न भएको छ । बुधबार बिहान ११ बजेर एक मिनेटमा दिप प्रज्वलनसहित भुमि पुजन गरिएको हो । महायज्ञका लागि आजदेखि नै मुल हवन कुण्ड खन्ने काम सुरु भएको छ ।
बिहान ११ बजेर ११ मिनेटमा मुल हवन कुण्ड खन्न सुरु गरिएको आयोजक मानवसेवा फाउण्डेसनका संस्थापक विजय कृष्णमुर्तिले बताए । महायज्ञमा बुधबार कथाबाचिका बाल विदुषी अनुराधा पाण्डेयले कथावाचन गरेकी छन् । संस्थापक विजय कृष्णमुर्तिका अनुसार महायज्ञमा शुक्रबार बाट देवी प्रतिभाबाट कथावाचन हुने छ ।
गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरु भइरहेको छ ।
भुमिपुजन कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले लामो समयसम्म महायज्ञ कहाँ गर्ने भन्ने अन्योलका बीच आफ्नो संयोजकत्वमा वडा नं. १७ स्थित हरिहर मन्दिरको जग्गामा महायज्ञ गर्ने निर्णयमा पुगेको स्मरण गरिन् । पोखरा १७ मा शतसयकुण्डीय कोटिहोम हुनु गौरवको विषय भएको उनको भनाई छ ।
कार्यक्रममा विश्व हिन्दु महासंघका बरिष्ठ उपाध्यक्ष शंकर खरालले नेपालका अध्यात्मिक व्यक्ति योगी नरहरिनाथको संकल्पमा निर्मित हरिहर मन्दिरमा कोटिहोम गर्न पाउनु गौरवको विषय भएको बताए । यति विशाल कोटिहोम न विगतमा भएको थियो र न अब हुनेछ भन्दै कोटिहोममा सहभागी हुन पोखरेलीहरुलाई आग्रह गरे । कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत हुदैछ ।
बुधबार



