हामी काहाँबाट गरिव भयौ,समयमा नै सोचौं ः नेता भण्डारी

लेखनाथ ।
नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा सासंद चन्द्र भण्डारीले हामी काहाँबाट गरिव भयौ भन्ने वारेमा समयमा नै सोचेर नसच्याउने हो भने हामी अझै गरिव हुने ठोकुवा गरेका छन् ।
नेपाली काग्रेस कास्की क्षेत्र न १ शनिवार भएको द्रोस्रो क्षेत्रिय सम्मेलनको उद्घाटन गर्दै नेता भण्डारीले नेतृत्वमा वस्ने नेताको अदुरदर्शी कार्य प्रणाली र त्यसको जगमा झाँगिएको भष्ट्रचार नै नेपाललाई कमजोर र नेपालीलाई गरिवीको रेखामुनी लाने मुख्य खेल भएको बताएका हुन् ।
हामी काहाँ छौ भन्ने वारेमा नसोची वदलिएको समाजको मुल्याङकन नगरी पुरातन सैलीमा नै नेताले कार्ययोजना वनाउदा युवहरु वाहिरीने र पाखाँ वारी वाझौ हुने समस्याका वारेमा सोच्न नेतृत्वमा रहेका नेताहरुलाई आग्रह गर्दै नेता भण्डारीले विकासको मोडललाई समय सुहाउदै वनाउदै ल्यौजानु पर्नेमा जोड दिएका थिए ।
नेपालको विकासका लागि कृर्षि,पर्यटन र जलस्रोतको विकास गर्दै शिक्षा र स्वास्थ्यका वारेमा जिम्मेवारी सरकार हुने हो भने पाँच वर्षको समयमा नै आम युवाले सोचेको नेपाल वनाउन सकिने तर्फ संकेत गर्दै हाम्रो युवाहरु रोजगारीको लागि विदेशिने होईन उनिहरुलाई संसार घुम्नका लागी विदेश पठाउन सकिन्छ उनको भनाई रहेको थियो ।
देश बनाउने हो वा विगार्ने हो भन्ने जिम्मा कार्यकर्तामा निहीत भएको तर्फ संकेत गर्दै काग्रेस नेता भण्डारीेले केन्द्रिय तहका नेतालाई खवरदारी गर्दै नयाँ र पुरातन सोच भएकाहरुलाई मिलाएर लैजानु नै अहिलेको आवस्यकता हो उनको सुझाव थियो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य सारदा पौडेलले काग्रेसमा देखिएको गुठ र उपगुठको अन्त्ये कास्कीबाट भएको संदेश दिन यो सम्मेलन सफल भएको धारण राखेकी थिईन भने गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रसँग लोकतन्त्र साट्दा देशलाई धिको भएको र जनतामा सरकार छ वा छैन भन्ने वारेमा कुनै अनुभुती नभएको वताएका थिए ।
त्यस्तै गण्डकी प्रदेशकी सह महामन्त्रि कोपिला रानाभाटले उत्पादनलाई रोजगारीसँग जोड्दै भष्ट्रचार मुक्त समाज निर्माणको आवस्यकता रहेको वताएकी थिईन भने कास्की काग्रेसका सभापति किसोरदक्त वरालले हिजोको काग्रेसको खोजी नगरी भोलीको काग्रेस खोज्ने अभियानमा लाग्न सुझाव दिएका थिए ।
सोही अवसरमा पुर्व मन्त्री यज्ञवहादुर थापाले प्रतिस्पर्दाको राजनितीले मात्र देशले सहि दिसा दिने भएकाले वर्तमान गठवन्धने जनतामा उत्साह होईन अझ वढि निरासा उत्पन्न गराएको वताएका थिए भने महासमिति सदस्य देवराज चालिसीले केन्द्रिय तह देखि कार्यक्रर्ता तहसम्म काग्रेस सचिनु पर्ने सुझाव राखेका थिए ।
नेपाली काग्रेस कास्की क्षेत्र न १ का सभापति राजेन्द्रमणि लामिछानेले वार्षिक प्रतिवेदन र भावी योजनाका बारेमा जानकारी गराएको कार्यक्रममा कास्की काग्रेसका निवर्तमान सभापति कृष्ण के शी,गण्डकी प्रदेश सभासद सरस्वती गुरुङ, नेपाली काग्रेस कास्की क्षेत्र न २ का सभापति केशरप्रसाद निर्दोशी,मादी गाउपालिकाका अध्यक्ष देविजंग गुरुङ,पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान विजुक्छे,रुपा गाउपालिकाका सभापति विमलबाबु न्यौपाने,मादी गाउपालिकाका सभापति यम कुमार गुरुङ,पोखरा महानगरपालिका वडा नं ३० का सभापति धु्रवराज न्यौपाने लगाएतले सरकारले जनतामा परिमाण देखिने गरि काम गर्न नसकेको तर्फ संकेत गरेका थिए ।
नेपाली काग्रेस कास्की क्षेत्र न १ ख का सभापति कृष्ण कोईरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन क्षेत्रीय सचिव ओम प्रकास गुरुङ र सरोज के शी ले गरेका थिए ।