चैत मसान्तसम्म फेसबुकजस्ता सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्छौं ः सञ्चारमन्त्री

काठमाडौं /

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म सामाजिक सञ्जालहरू दर्ता नभए बन्द गर्ने चेतावनी दिएका छन् ।
रुपन्देहीमा आयोजित फोनिजको ८औं महाधिवेशनलाई सम्बोधन गर्दै सञ्चारमन्त्री सुब्बाले सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने चेतावनी दिए ।

सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालमा जथाभावी स्क्यामहरू आइरहेकोले यसलाई नियन्त्रण गर्न दर्ताका लागि अनुरवध गर्नु परेको बताए । उनले सामाजिक सञ्जाल अरू देशमा दर्ता भएर चल्ने गरेको र राजश्व पनि तिर्दै आएकाले नेपाल सरकारलाई पनि राजश्व बुझाउनु पर्ने बताए ।

उनले सामाजिक सञ्जालबाहेकका अनलाइन मिडियाहरू बन्द गर्ने सरकारको कुनै मनसाय नरहेको भन्दै चलाउन कुनै रोकटोक नहुने बताए । साथै उनले सरकारले प्रेस काउन्सिलको विधेयक पनि चाँडै आउने बताए। काउन्सिलमा अध्यक्ष कस्तो बनाउने भन्ने विवादलाई समाधान गरेर चाँडै ल्याउने सरकारको तयारी रहेको उनको थियो।

यस्तै साइबर सेक्यूरीटीको विधेयक पनि सरकारबाट पास गरेर आउँदो संसदमा पेश गर्ने सरकारको तयारी गरिहहेको उनले बताए ।

उनले आमसञ्चार विधेयक पनि तयारीको क्रममा बताउँदै यसले सम्पूर्ण मिडिया हाउस व्यवस्थित हुने र श्रमजीवी पत्रकारहरूको पारिश्रमिक पनि पाउने आशा जगाउने जिकिर गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button