सुरु भयो रुपाताल किनारमा सिस्ठेनी मेला

लेखनाथ,  ।

पोखरा ३२ र रुपा गाउपालिकालाई आफनो कार्यक्षेत्र बनाएको रुपा युवा क्लबको आयोजनामा कास्की जिल्ला कै एतिहासिक रुपातालको किनारमा सातौं रुपा सिष्ठेनी मेला शुक्रवारबाट सुरु भएको छ ।

चैते दशै नयाँ वर्ष २०८२ को अवसरमा “ इतिहास सगै पर्यटकीय प्रवद्र्धन,जैविक विविधता,सिमसार हाम्रो संरक्षण “ भन्ने मुल नाराका स्थानीय रुपा युवा क्लवले सातौं सिष्ठेनी मेला आयोजना गरेको हो ।

नेपालमा मेला तथा महोत्सवको सुरुवात सिस्टेनीबाटै भएको मान्यता रहदै आएको छ । मेलामा विशेष गरि कृषि उत्पादन, कृषि औजार तथा छेलो हान्ने प्रतियोगिताले यो ठाउँले ख्याती कमाएको स्थानीयको भनाइ छ ।

करीब ६ सय वर्ष अघिदेखि नै सिष्टाचार भेटघाटको रुपमा सुरु भएको सिष्ठेनी मेला डुङ्गा धाटमा सिठी बजाउने , तत्कालीन समयमा जमघटका रुपमा घोडा सहित उपस्थित हुने छिमेकी गाउका मुखिया तथा भद्र भलादमीहरुले सो ठाउमा सिस्ठाचार भेटघाट गरि विकास निर्माण देखि छोराछोरीको वैवाहिक विषय र रोजगारीका योजना त्यसै मेलामा गर्ने गरेको किम्बदन्तीका आधारमा पनि उत्त मेलालाई सिष्ठेनी भनिदै आएको हो ।

मेलामा आएर फुक्ने सिस्ठी किन्न पाईन भएर पनि यो ठाउलाई सिस्ठेनी राखिएको हो भन्ने एक थरीको भनाई छ भने आर्को तर्फ यस क्षेत्रका जेष्ठ नागरिकहरुका अनुसार रुपा तालको किनारा जुन सिस्ठानीको पिपलको चौतारामा फागुन चैत्र महिनामा हावाको वहावले सिठी फुके झै आवाज निकाल्ने भएकाले यो ठाउको नाम सिस्ठेनी र यस ठाउमा लाग्ने मेलालाई सिस्ठानी मेला भन्ने गरिएको भनाई रहको छ ।

वैशाख २ गतेसम्म चल्ने मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश बन तथा वातावरण मन्त्री भेष बहादुर पौडेलले मौलिक सँस्कृती र स्थानीय उत्पादनलाई टेवा पु¥याउन मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गदै मेला र महोत्सवलाई समयानुकुल परिस्कृत गर्दै मेलामा विकास निर्माणका आवस्यकताका वारेमा छलफल र योजना बनाउने हो उनको भनाई रहेको थियो ।

हाम्रो ठाउँ हामीले नै वनाउने हो जसका लागि अव हामी आय आर्जनमा जोडिनै पर्छ,विदेशमा गएका नेपालीलाई स्वदेशमा फर्ककाउने र स्वदेशमा नै रहेका युवालाई यही नै रोजगार सृजना गर्न सकियो भने हाम्रो देशको विकास भोली होईन आजै हुन्छ उनले भने ।

कार्यक्रममा पुर्व मन्त्री यज्ञ वहादुर थापाले शसनलाई सु शासान लैजानु पर्ने आवस्यकता औल्याउदै ‘जनता नेताका लागि विश्वविद्यालय हुन्, नेतृत्वमा हुनेले जनताले सिकाएकै काम गर्ने हो । तिनै तहबाट विनियोजित हुने बजेट एकद्धार प्रणालीबाट वितरण गर्नुपर्छ, कनिका छरे झैं छर्न हुँदैन,’ उनले भने ।

पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले विकास निर्माणका काममा संघिय र प्रदेश सरकारसँग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए । क्लबका संस्थापक अध्यक्ष तथा मेलाका निर्देशक धिरजकुमार श्रेष्ठले मेलामा साहित्य कला, संस्कृति, धर्मको जागरण गर्ने, रुपाताल वरिपरी विकासका लागि पहल गर्ने, पर्यटन प्रवद्धर्न गर्ने मेलाको उद्देश्य रहेको बताए ।

कार्यक्रममा ¥याली झाकी संयोजक सीता अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र लोक दोहोरी गायक शिवहरि ढुंगाना लगायतले मेलालाई वार्षिक रुपमै मनाउने गरी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानिय जात जाती तथा आमा समुहहरुले मौलीक सस्कृती झल्कने गरि आ आफनो भेष भुसामा ¥याली झाकी प्रदर्शन गरिएको थियो । क्लबका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन क्लबका सचिव अनिल पंगेनीले गरेका थिए ।

मेलामा खुला भलिबल प्रतियोगिता, महिला, पुरुष रस्साकसी प्रतियोगिता, छेलो प्रतियोगिता, रत्यौली प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी, कृषि प्रर्दशनी, फुड फेस्टिवल, जैविक विविधताको प्रर्दशनी, रुपा तालका माछा प्रर्दशनी, पप कन्सर्ट, बाल उद्यान र साँस्कृतिक कार्यक्रमको प्रस्तुती रहने छ ।

मेलाले साहित्य कला, संस्कृति र धर्मको जागरण गर्ने, रुपाताल वरिपरिको विकासका लागि पहल गर्ने, आन्तरिक तथा बाहय पर्यटन प्रवद्धर्न गर्ने लगायतको उद्देश्य राखिएको छ ।

मेला सम्पन्न गर्न करीब ३३ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने खर्च कटाएर करीब २ लाख बचत हुने अनुमान गरिएको छ । करिव ३० रोपनी क्षेत्रफल भित्र १ सय १५ वटा स्टल रहने र करिब १ लाख दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button