२० औँ ‘फेवा नववर्ष’ महोत्सव चैत्र ३० गतेबाट

पोखरा चैत ४/ पोखरामा आयोजना हुने २० औँ ‘फेवा नववर्ष’ महोत्सव २०८२ चैत्र ३० गतेबाट बैशाख १ गते सम्म आयोजना हुने भएको छ।
होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्र्फत जानकारी दिइएको हो ।महोत्सव फेवा किनारको ड्यामसाइड देखि खहरेसम्मको सडकमा सञ्चलन हुने महोत्सवका संयोजक एबं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

महोत्सवमा अवलोकनको लागि निःशुल्क प्रवेशको ब्यवस्था रहेको सुवेदीले खुलाए । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्धन गर्नु हो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका स्टल महोत्सवमा राखिने अध्यक्ष सुवेदीको भनाइ छ ।

महोत्सवका आकर्षणहरुमा परम्परागत नेपाली खानाको प्रवद्धन, सांस्कृतिक झाँकी, लोकदोहोरी, पप कन्सर्ट, स्थानीय कलाकारद्वारा सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् ।सो अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलहरुले प्रकाशित गरेको दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सव सफल सफल बनाउन होटल संघ पोखराले जाउँ है पोखरा लगायतका अभियान सञ्चालन गरेको छ ।होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button