वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम

पोखरा, ३ चैत । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बन्नुुभएको छ ।प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय बन्नुभएको छ भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गर्नुभएको छ ।

त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गर्नुभयो ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक÷एक हजार रुपैयाँ नगद, प्रमापत्र सहित केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेम पुरस्कारबाट पुरस्कृत गर्नुभएको थियो ।कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आँर्फैमा महान ग्रन्थ भएको धारणा राख्नुभयो ।विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताउनुभयो ।

विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताउनुुभयो ।पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उहाँले जानकारी दिनुभयो ।निर्णयक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो । हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उहाँले यो धर्म नै सनातन धर्म भएको धारणा राख्नुभयो ।
विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको सभापतित्व एवम् महासचिव भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णयक समितिका सदस्यद्वय उप प्राध्यापक हरिश्चन्द्र भण्डारी र उप प्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button