गण्डकी प्रदेश स्थापना दिवस माघ २२ मा

पोखरा/

गण्डकी प्रदेश स्थापना दिवस अबदेखि माघ २२ गते मनाउने सर्वपक्षीय निर्णय भएको छ । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिनुभयो ।

यसअघि प्रदेशसभा र प्रदेश सरकारले छुट्टाछुट्टै दिवस मनाउँदै आएको थिए । प्रदेशसभाले माघ २२ मा प्रदेश स्थापना दिवस र फागनु ४ मा प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाउने गरेको थियो ।

यसैगरी, प्रकृतिका दुई कार्यक्रम भइरहेकामा अबदेखि प्रदेशसभा स्थापना भएको दिन माघ २२ गते प्रदेश स्थापना दिवसका रुपमा मनाउने निर्णय गरिएको हो । मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुखलगायत सरोकार भएका पक्षको संयुक्त बैठकले उक्त निर्णय गरेको प्रेस संयोजक सापकोटाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button