शिबचोकमा रहेको पोखरा गेट भत्काइयो

पोखरा ।

पोखराको अमरसिंह चोकस्थित पोखरा गेट भत्काइएको छ ।

पृथ्वी राजमार्गको पोखरा स्थित अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ सोमबार राजमार्ग विस्तारका क्रममा हटाइएको हो । गेट हटाउने कार्यलाई सफल बनाउन पोखरा महानगरपालिकाले केही दिनअघि सर्वपक्षीय बैठक आयोजना गरी सहमति कायम गरेको थियो । विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको पोखराका मेयर धनराज आचार्यले बताए ।

तर, सो कार्यको राप्रपालगायत स्थानीय युवा क्लबले विरोध जनाएका छन् । पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएकोमा उनीहरुको असन्तुष्टि छ ।

राजा वीरेन्द्रको शुभराज्यभिषेक अवसरमा पृथ्वी राजमार्गअन्तर्गत पोखरामा स्वागतार्थ निकै कलात्मक ढंगले पक्की गेट निर्माण गरिएको थियो । गेटको माथिल्लो भाग सबैभन्दा महत्वपूर्ण थियो । जसमा बुद्ध र शिवको मूर्तिबीचमा श्रीपेजजडित छ।

मुलुकको ऐतिहासिक धरोहर भोलिका पुस्ताका लागि पनि जोगाएर राख्नुपर्ने स्थानीयको धारणा थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button