आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजक

पोखरा /

२४ औं आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा सनराइज ड्राइभिङ स्कुल पनि जोडिएको छ । उक्त संस्थाले फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ताको पुरस्कार राशि प्रायोजन गरेको हो । संस्थाले सर्वाधिक गोलकर्तावापत् ५० हजार प्रदान गर्नेछ ।

सो सम्बन्धमा आयोजक सहारा क्लब पोखराका तर्फबाट अध्यक्ष केशवराज बराल र ड्राइभिङ स्कुलका तर्फबाट अध्यक्ष वसन्त भट्टचनबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली, पूर्व कोषाध्यक्ष राजु लालचनसमेतको सहभागिता थियो ।

पोखरामा लामो समयदेखि ड्राइभिङ प्रशिक्षण सेवा दिंदै आएको सनराइजले नयाँबजारसहित फूलबारी, पोखरा रंगशाला गेट अगाडि र बिरौटामा समेत ड्राइभिङ प्रशिक्षण दिँदै आएको संचालक सरोज केसीले बताए ।

सहारा क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता संचालन गर्दैछ । प्रतियोगिता सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

क्लबले हालैमात्रै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, खेलकुदसम्बद्ध तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग भेटघाट तीव्र पारेको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ मुख्य प्रायोजक रहेको छ ।

क्लबले पोखरा १७, दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गरेको छ । हाल चौथो ब्याजको रुपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जताए ।

फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालिकहरुको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button