रोटरी क्लव अफ पोखराद्वारा धनगढीमा शौचालय तथा चापाकल हस्तान्त्रण
पोखरा । रोटरी क्लव अफ पोखराले कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न ६ वटा वडाहरुमा निर्माण गरिएका शौचालय तथा चापकल हस्तान्त्रण गरिएको छ ।
क्लवले विभिन्न रोटरी क्लवसँगको सहकार्यमा २ सय शौचालय र ६ थान चापाकलको उद्घाटन सहित स्थानियलाई हस्तान्त्रण गरेको क्लबका कोषाध्यक्ष सुदिप पौडेलले बताए।
क्लवले धनगढी उपमहानगरापालिकाका वडा नम्वर १,२,३,४,११,१३ मा एक करोड २० लाखको लागतमा निर्माण गरेको शौचालय र चापाकलको रोटरी इन्टरनेश्नलका पूर्व अध्यक्ष शेखर मेहता, रोटरी क्लव अफ पोखराका अध्यक्ष उदीप कुमार श्रेष्ठ, क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर किरण लाल श्रेष्ठ, डिष्ट्रिक्ट २५४० जपानका पूर्व गभर्नर चुनेको तासाकी उनकी पत्नि ताईको तासाकी, र परियोजना सम्पन्न गर्न सहयोग पुर्याएका रोटरी क्लव अफ एकिता वेष्ट जापानका पूर्व अध्यक्ष कुमिहिको सानो लगायतले संयुक्तरुपमा उद्घाटन गर्दै समुदायलाई हस्तान्त्रण गरेका थिए ।
गरिव तथा सिमान्तकृत समुदायलाई लक्षित गर्दै घर–घरमा उपमहानगरका २ सय घरमा शौचालय र समुदायमा चापाकल निर्माण गरिएको परियोजना संयोजक एव क्लवका पूर्व अध्यक्ष किरण लाल श्रेष्ठले जानकारी दिए ।
साथै क्लवले सो अवसरमा स्थानिय एक विद्यालयका करिव ६० जना विद्याथीलाई न्यानो कपडा वितरण गर्नुका साथै शारीरिक रूपले अशक्त एक जनालाई ह्विल चेयर प्रादन गरेको थियो ।