हिराबहादुर बानियाँ स्मृति कोषबाट विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण
म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका–६, अर्थुंगेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक साम्रागी वितरण गरिएको छ ।
विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गरिएको हो ।
उक्त सामग्रीहरु स्व. हिराबहादुर बानियाँको ससुराबुबा लालबहादुर हमाल, छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव सुवेदीले हस्तान्तरण गरेका थिए ।
गतवर्ष विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर अक्षयकोषको सुरुवात गरिएको थियो ।
कोषमा रकम वृद्धि गरेर २५ लाख रुपैयाँसम्म पु¥याउने लक्ष्य अनुसार शुक्रबार नै थप ३ लाख हस्तान्तरण गरिएको कोषका संस्थापक प्रकाश बानियाँले बताए ।
सरकारी जागिरबाट सेवानिवृत्त हिराबहादुर बानियाँको गतवर्ष निधन भएको थियो ।
कार्यक्रममा बेनी नगरपालिका–६, अर्थुुंगेका वडा अध्यक्ष कृष्णबहादुर बानियाँ, प्रकाश माध्यमिक विद्यालय बेनीका प्रधानाध्यापक लेखबहादुर हमाल र स्व. हिराबहादुर बानियाँका छोरा प्रकाश बानियाँले हिराबहादुर बानियाँले शैक्षिक तथा सामाजिक क्षेत्रसहित विभिन्न क्षेत्रमा खेलेको भूमिकासँगै उनकाबारेमा चर्चा गरेका थिए ।