दावा छिरिङको ‘टासिदेले कनकाई’ पोखरामा विमोचन

पोखरा ।

नगेन आर्ट एकेडेमी तथा पर्फेक्ट प्रिन्टिङ सोलुसनको सम्यूक्त आयोजनामा झापाका साहित्यकार शेर्पा दाबाछिरिङको कृति ‘टासिदेले कनकाई’को विहिबार पोखरामाविमोचन गरिएको छ ।

कार्यक्रमको प्रमुख स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटलेपर्यटकीय राजधानी पोखरामा साहित्यीक गतिविधीले साहित्यीक पर्यटनको पनि विकासमा टेवा पुग्ने वताउँदै साहित्यकारहरु सधै सरकारको विपक्षी भएकोले सधै जनताको समस्याहरुलाई आफ्नो साहित्य मार्फत उजागर गर्दै सरकारलाई सचेत पार्ने पनि वताए ।

सो अवसरमा विश्वको उत्कृष्ट गन्तव्य नेपाल वनाउने महाअभियानका महाअभियान्ता प्राज्ञ नगेन सिंह ठकुरीले वार्षिक एक करोड विदेशी पर्यटक भित्र्याउन विभिन्न कार्यक्रमहरु गरिरहेको वताउँदै यस प्रकारको कार्यक्रमले पनि टेवा दिने वताए ।

कृतिका श्रस्टा शेर्पा दाबाछिरिङले सोचले आयू निर्धारण हुने, आयू अनुसार कर्म निर्धारण हुने वताउँदै आफ्नो कृतिमा पनि सोही विषयमापर्यटकीय राजधानी पोखरामा आफ्नो कृति विमोचन गरिनु नै अहोभाग्य भएको वताएका थिए ।

कसरी पढ्ने कसरी सिक्नेका लेखक कृष्ण क्षेत्री ‘उदय‘ले कृतिको समिक्षा गर्दै श्रष्टाले कविता मार्फत कोशी प्रदेशको जनजिवन, रहन सहन र जनताले भोगेका वास्तविकता उजागर गर्नुका साथै साहित्यबाट नै समाज सुधारमाउल्लेखनिय भूमिका खेल्ने वताए ।

सो अवसरमा मानवता अभियानका प्रमुख मानवता सेवक द्धारिका मानवले कला र साहित्यले सबै नेपालीलाई मात्र नभएर अन्तराष्ट्रिय स्तरमा मानव समुदायलाई एकताको सुत्रमा बाध्न सक्ने वताए ।

त्यसैगरी सप्तकन्या आधारभूत विद्यालयका प्रधानाध्यापक रुकमणी घले, सुमिरा इको एग्रो टुरिज्म एण्ड एभियसन प्रा.लि.की निर्देशक मिरा अधिकारी, वेभपेज नेपालका पितम सेन, पुर्व प्र.नि. पुष्प कमल श्रेष्ठ, वराह एजुकेशन कन्सल्टेन्सीका प्रमुख सन्तोष कुइकेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

पर्फेक्ट प्रिन्टिङ सोलुसनसंचालक कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पर्फेक्ट एकेडेमीका कार्यकारी निर्देशक नविन श्रेष्ठले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button