क्रस कन्ट्री दौडको इन्डिभिजुअलमा चीन र टिम इभेन्टमा नेपालका खेलाडी अब्बल
पोखरा ।
‘तेस्रो अन्तर्राष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड’ अन्तरगत ५० किमि दौड च्यालेन्ज इन्डिभिजुअलमा चीनका धावक एङ ज्याङ जेनले ३ घन्टा ४४ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै विजेता बनेका छन् । नेपाली धावक कुल बहादुर बस्नेत ४ मिनेट १० सेकेन्डले पछि पार्दै दोस्रो बने । उनले आफ्नो दौड ३ घन्टा ४८ मिनेट ०२ सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै नेपालकै होमलाल श्रेष्ठ तेस्रो भएका छन् । उनले ३ घन्टा ५३ मिनेट ३३ सेकेन्डमा रेस पुरा गरे । यस्तै पुरुषतर्फ गोपाल तामाङले ३ घन्टा ५५ मिनेट ४३ सेकेन्डमा दौड पुरा गरी चौथो हुँदा तिलक सुनारले ४ घन्टा ४६ सेकेन्डको समयमा दूरी पार गर्दै पाँचौ भएका छन् ।
च्यालेन्ज इन्डिभिजुअल महिलातर्फ चिनियाँ धाविका झेङ वाङ रोङ विजेता बनिन् । उनले उक्त दौड ४ घन्टा १४ मिनेट ४८ सेकेन्डमा पुरा गरेकी हुन् भने नेपाली धाविका कल्पना बूढा उपविजेता बनिन् । उनले ४ घन्टा ५० मिनेटको समय लगाइन । यस्तै महिलातर्फ नै ५ घन्टा ८ मिनेट १८ सेकेन्डमा दौड पुरा गरी राम माया बूढा तेस्रो, ५ घन्टा २५ मिनेट २५ सेकेन्डमा दौड पुरा गरी लाक्पा निङमा शेपा चौथो र ५ घन्टा ३० मिनेट ३९ सेकेन्डमा दूरी पार गरी मिनु बुढाले पाँचौ स्थान हासिल गरे ।
च्यालेन्ज इन्डिभिजुअल दौडतर्फको पुरुष तथा महिला दुवै तर्फको विजेताले १ लाख ५२ हजार ८ सय, उपविजेता दुवै तर्फकोले १ लाख १४ हजार ६ सय, तृतीय हुने दुवै तर्फकोले ७६ हजार ४ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।
टिम क्रस कन्ट्रि टिम इभेन्टमा भने नेपाली खेलाडीहरूले अब्बल ठहरिए । शुसिल कुमार शाही, सिर्जना पौडेल र श्रीकाश राई सम्मिलित नेपाली टिमले ४ घन्टा २० मिनेट १४ सेकेन्डमा रेस पुरा गरी च्याम्पियन बने । नेपालकै करन रावत, नरेन्द्र सिंह रावत र निर्मला राई सम्मिलित टिमले ४ घन्टा २२ मिनेट २९ सेकेन्डमा रेस पुरा गरी दोस्रो भए ।
यस्तै पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्ट क्षेत्रीको टोलीले तेस्रो स्थान हात पारेको छ । उनीहरूले आफ्नो रेस ४ घन्टा २३ मिनेट ०८ सेकेन्डमा पुरा गरेका थिए ।
रेसमा ४ घन्टा २८ मिनेट २६ सेकेन्डको लिँदै विशाल राई, रमेश लिम्बू र इन्द्रकला राईको टोली चौथो भएको छ भने पूर्ण लक्ष्मी राई, खड्ग बहादुर खड्का र राजन रोकायाको टोलीले पाँचौ स्थान हात पारेको छ ।
प्रतियोगिताको टिम इभेन्टतर्फका विजेताले चार लाख ५८ हजार ४ सय रुपैयाँ, उपविजेताले तीन लाख ४३ हजार ८ सय रुपैयाँ, तृतीयले २ लाख २९ हजार २ सय रुपैयाँ, चौथोले १ लाख ५२ हजार ८ सय रुपैयाँ र पाचौँले ९५ हजार ५ सय रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त हात पारे ।
प्रतियोगिता नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र काठमाडौँस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजना तथा हिमालयन टुरिजम फोरमको व्यवस्थापनमा सम्पन्न भएको हो । प्रतियोगितामा टिम इभेन्टतर्फ १९ र चीनतर्फका ४ टिम तथा च्यालेन्ज इन्डिभिजुअलतर्फ नेपाली महिला तथा पुरुष ८७ चीनतर्फका २९ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगिता’ अन्तर्गत भएको विद्यार्थी दौड प्रतियोगितामा छात्रातर्फ छोरेपाटन स्कुलकी नारायणी भण्डारी र छात्रतर्फ कास्की मोडनाईज्ड स्कुलका बादल कार्की प्रथम भएका छन् । प्रथम भएसँगै उनीहरूले जनही नगद रु ३० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
छात्रातर्फ कालिका माविकी स्वीकृति कार्की द्धित्तीय भईन् । उनले नगद २५ हजारका साथमा प्रमाणपत्र र मेडल प्राप्त गरिन् । यस्तै सिंगेश्वरी मावि भोजपुरकी जुही राई तृतीय भईन् । उनले नगद रु २० हजारका साथमा प्रमाणपत्र र मेडल प्राप्त गरिन् । सिंगेश्वरी मावि भोजपुर कै विनिता राईले चौँथो हुँदै १५ हजार प्राप्त गरिन् । यस्तै अमरसिंह स्कुलकी रक्षा फागमी पाचौँ र गौरिशंकर स्कुलकी कविता मगर छैठौ हुँदै जनही नगद रु १०÷१० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
यस्तै छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो भए । उनले नगद रु २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै त्रिपुरा सेकेण्डरी स्कुल डोल्पाका रमेश बूढा तेस्रो भए । उनले नगद रु २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै चन्दना सेकेन्डरी स्कुल जुम्लाका युवक राज बुढाले चौथो हुँदै १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे
प्रतियोगितामा त्रिवेणी पव्लिक सेकेण्डरी स्कुलका अमृत विकले पाँचौँ र छोरेपाटन स्कुलका तेन्जन रोका मगर छैठौँ भए । उनीहरूले जनही नगद रु १०÷१० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहभागी भएर उत्कृष्ट २५ मा परेका मध्ये १५ जनालाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो भने छैठौँ स्थानसम्मकालाई नगद सहित र १० औँ स्थानसम्म पर्नेलाई मेडलसहित सम्मान गरिएको थियो ।
मेडल प्राप्त गर्ने छात्राहरुमा एन्जल अधिकारी, मेनुका अधिकारी, रोशनी नेपाली र एन्जिला जिटि रहेका छन् । यस्तै प्रमाणपत्र प्राप्त गर्नेमा युमिसा सेदी, समृद्धि श्रेष्ठ, अञ्जु नेपाली, रुचि थापा, सिरेन प्रधानाङ्ग, सादगी शर्मा, ममता नेपाली, मिन्जा श्रीपाली, कञ्चन लिम्बु, सम्झना अधिकारी, अनुष्का अधिकारी, ईच्छा परियार, विश्वा थापा, साधना सेवा, शिवानी हमाल रहेका छन् ।
विद्यार्थी दौड प्रतियोगीताको उत्कृष्ट सातदेखि दश सम्म पर्न सफल छात्रहरु अमृत तामाङ, सुजन बोहरा र प्रकाश थिङलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको थियो । उत्कृष्ट २५ मा पर्न सफल मध्ये २५ देखि १५ औँ स्थानसम्मका छात्रहरु प्रशान्त पराजुली, रोजन श्रीपाली, राजेन्द्र मानन्धर, मिलन रानाभाट, मुकेश नेपाली, सन्दिप कुँवर, ईश्वर प्रजा, सन्तोष सुवेदी, प्रमोद थापा, सरोज परियार, सुहित विक, नेत्रराज अधिकारी, विक्रम क्षेत्री, अनुप नेपाली, निश्चल केसीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
चीननको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप प्रदान गरेको छ । ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।