तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा
पोखरा ।
पोखरामा आयोजना हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । यहिँ कार्तिक २४ गते् “रन फर कमन प्रोस्पेरिटी” भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको हो । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको व्यवस्थापक हिमालयन टुरिजम फोरमले प्रतियोगीताको तयारी पुरा भएको जनाएको हो ।
हिमालयन टुरिज्म फोरमका अध्यक्ष विश्व शंकर पालिखेले प्रतियोगीताको लागि चीनबाट १ सय ३४ जना सहभागी र समर्थकलाई लिएर कुनमिङबाट पोखरामा चार्टर फ्लाइटको आगमनले प्रतियोगितामा अन्तराष्ट्रिय महत्व थपेको बताए। साथै आगामी वर्ष हुने प्रतियोगीतामा विदेशी खेलाडीहरुको सहभागीता बढाउनका लागि प्रचारप्रसारमा विशेष जोड दिईने र त्यसका लागि स्थानीय सरकारको पनि थप सहयोग र साथ चाहिने उल्लेखे गरे ।
प्रतियोगीताका मिडिया संयोजक प्रतिक राज पहारीले ४ वटा विधामा हुने दौडमा १ हजार २ सय भन्दा बढी खेलाडीहरूले सहभागीता जनाउने जानकारी दिए । उनका अनुसार टिम समूह दौडमा खेलाडीहरूले ५० किमि दुरीमा ट्रेल रनिङ साइकलिङ र रोइङ गर्नुपर्नेछ ।
यस दौडमा १७ वटा नेपाली टिम र ४ वटा चिनिया टिम गरेर कुल २१ टिमका लागि ६३ जना खेलाडीहरू दर्ता भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु ४ लाख ५८ हजार ४ सय, ३ लाख ४३ हजार ८ सय, २ लाख २९ हजार २ सय, १ लाख ५२ हजार ८ सय, र ९५ हजार ५ सय प्रदान गरिनेछ ।
च्यालेन्ज इन्डिभिजुअल ग्रुप ९महिलारपुरुष०मा १ सय नेपाली र ५२ जना चिनियाँ गरेर १ सय ५२ जना खेलाडीले सहभागीता जनाउनेछन् । उनीहरूले ५० किलोमिटरको ट्रेल दौडमा सहभागि हुनेछन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो, चौथो हुने टोलीलाई मेडल तथा प्रमाणपत्रसहित क्रमश नगद रु १ लाख ५२ हजार ८ सय, १ लाख १४ हजार ६ सय, ७६ हजार ४ सय तथा चौथो देखि सातौँ सम्मका विजेताले क्रमश जनही नगद रु ३८ हजार २ सय, आठौँ देखि दशौं सम्मका विजेताले नगद रु १९ हजार १ सय पाउनेछन् ।
विद्यार्थी दौडमा पोखराका ५ सय जनाले सहभागिता जनाउने भएका छन् । उक्त दौड ५ किमिको हुने छ । विजेता खेलाडीहरूले क्रमश जनही नगद रु ३० हजार, २५ हजार र २० हजार तथा चौथो देखि छैटौँ सम्मका विजेताहरूले समान नगद रु १०–१० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । मनोरञ्जनात्मक रमाइलो दौड २ किलोमिटरको हुनेछ । यस विधामा ५ सय ७९ जना सहभागी बन्नेछन् ।
पोखरा महानगरपालिका, नेपालस्थित चिनिया राजदुतावास, नेपाल पर्यटन बोर्ड, र हिमालयन टुरिजम फोरमको आयोजनामा प्रतियोगिता सम्पन्न हुन लागेको हो ।
कार्यक्रम अन्तरगत कार्तिक २३ गते शुक्रबार बसुन्धरा पार्कमा बिहान साढे ८ बजे स्प्रिङ सिटीको अनावरण र साढे ९ बजे अन्तरराष्ट्रिय पर्वतिय संग्राहलयमा फोटो प्रदर्शनी गरिनेछ । क्रस कन्ट्रि प्रतियोगिताको उद्घाटन शनिबार बिहान साढे ७ बजे हुनेछ ।