सुनको मूल्य हालसम्मकै महँगो

काठमाडौँ /

सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा विहिबार भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला रु दुई हजार दुई सयले वृद्दि भई रु एक लाख ७० हजार सात सयमा कारोबार भएको छापावाला सुन विहिबारका लागि भने रु एक लाख ७१ हजार निर्धारण भएको छ । बुधबारको तुलनामा विहिबार प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

यस्तै चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ । बुधबार प्रतितोला रु दुई हजार एक सय २० मा कारोबार भएको चाँदी विहिबारका लागि रु दुई हजार ९० निर्धारण भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button