पोखरामा सयपत्री फूल प्रति थुङ्गा २ देखि ५ रुपैयाँसम्ममा किन्न पाइने

पोखरा ।

पोखरा महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारको लागि सयपत्री फूलको मूल्य निर्धारण गरेको छ । फूलको थुङ्गाको तौलको आधारमा तीन ग्रेडमा विभाजन गरेर मूल्य निर्धारण गरेको महानगरले ५ देखि १० ग्राम तौल भएका फूल प्रति थुङ्गा २ रुपैयाँ, प्रतिमाला १ सय २० रुपैयाँ तोकेको छ । १० देखि १५ ग्राम तौल भएका फूल प्रति थुङ्गा ४ रुपैयाँ, प्रतिमाला १ सय ५० रुपैयाँ तोकेको छ । १५ देखि २० ग्राम तौल भएका फूल प्रति थुङ्गा ५ रुपैयाँ, प्रतिमाला १ सय ८० रुपैयाँ तोकेको छ । फूलको मूल्य प्रतिकेजी भने समान ३ सय ५० रुपैयाँ रहनेछ ।

महानगरपालिकाले सर्वसाधारणको सहजताको लागि फूल बिक्री गरिने स्थल समेत छुट्याएको छ । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्र, सिद्धार्थ चोकमा रहेको रैथाने बजार, श्री कम्प्लेक्स, पोखरा महानगरपालिका वडा नं. १३, १५, १६, १७, १९ र ३० मा रहेका किसान बजार, पोखरा ३१ को कोट देउराली सहकारी संस्था, पोखरा १४ बाच्छीबुडुवामा रहेको पुष्करिणी परोपकार गोकुलधामबाट फूल बिक्री गरिने महानगरले जनाएको छ । यसरी गरिने फूल बिक्रीको सुविधा सर्वसाधरणले कार्तिक १५ गतेदेखि १७ गतेसम्म लिन पाउनेछन् ।

महानगरपालिकाले स्थानीय उत्पादनको प्रवर्द्धन अभियान अन्तरगत विभिन्न सरोकारवालासँगको सहकार्यमा सयपत्री फूलको मूल्य तोकेर स्थान निर्धारण गरेर फूल बिक्रीको व्यवस्था गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button