आदर्श बचत तथा ऋण सहकारी संस्था लि को १७ औं वार्षिक साधारणसभा सम्पन्न
पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी संस्था लि पोखरा ( १३ , आर्वाको १७औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडानं १३का वडा अध्यक्ष कीरण बरालले सहकारीले गरेको आर्थिक गतिविधी हेर्दा आफुँ सन्तुष्ट भएको जानकारी दिए । उनले वडानं १३ मा सञ्चालन भएका सबै सहकारीहरु समस्याग्रस्त नरहेको भन्दै सहकारीको निति नियममा रहेर सञ्चालन भएका कारण ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आव्हान गरे ।
सहकारी सञ्चालनको कार्यविधिमा टेकेर अगाडी बढेका कारण आदर्श सहकारीले शेयर सदस्यहरुलाई राम्रो मुनाफा दिएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले सहकारीले गरेका गतिविधि प्रति खुशी व्यक्त गरे ।
विशेष अतिथि प्राईम कमर्शियल बैंक लि। गण्डकी प्रदेश प्रमुख बुद्धिराज बरालले सहकारीले खराव कर्जा घटाउने तथा लगानीका नयाँ अवसरहरु सिर्जना गर्नु पर्ने बताए । ,ूसहकारी सञ्चालन गर्दा शुसासन र पारदर्शिता अनिवार्य हुनुपर्ने भन्दै प्रमुख बरालले जोखिम मोलेर लगानी गर्नु भन्दा तरलता बढेको राम्रो ू उनको सुझाव थियो । बरालले ,ूअब सहकारीले दिर्घकालीन योजना बनाई हरेक शेयर सदस्यहरुको सहभागितामा बचत तथा ऋणको अवस्था हेरेर कारोवारलाई अगाडी बढाउन सल्लाह दिए । कार्यक्रममा शेयर सदस्यहरु सुमित्रा बराल तथा युवराज बरालले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
आदर्श बचत तथा ऋण सहकारी संस्था लि। का अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा वचत नीति, नगद परिचालन नीति, ऋण नीति, कर्मचारी नियमावली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्यविधी बनाई यसै आर्थिक वर्षदेखि लागु गरिने लगायतका प्रस्तावहरु सभाबाट सर्वसम्मत पारित भएको छ । सभामा सचिव सूर्यप्रसाद बराल द्धारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष बसन्तराज बराल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक कृष्णराज बराल द्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन सर्वसम्मतीले पारित गरिएको थियो ।
कार्यक्रममा ८४ वर्ष पुगेका जेष्ठ नागरिक सम्मान अन्तर्गत कृष्णप्रसाद बराल, शेयर सदस्यहरुका छोरा र छोरी मध्ये यस वर्ष उत्कृष्ट नं ल्याई कक्षा १२ उतिर्ण हुने रबिन्द्र देवकोटा तथा अपार कुईकेल, अशल वचत कर्ता राजु परियार, अशल ऋण कारोवारी नवराज बराल, अशल कृषी व्यवसायी शंकरबहादुर बराल, अशल उद्योगी व्यवसायी राम र लक्ष्मण बराल तथा उत्कृष्ठ कर्मचारी अनिता अधिकारी पहारीलाई नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।
सहकारीका शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका सात सिद्धान्त वाचन गरेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी देवकोटाले स्वागत तथा सचिव सुर्यप्रसाद बरालले कार्यक्रम सञ्चालन गरेका थिए ।